हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ गायिका तारा थापा,(साहित्यकार रमण घिमिरे)



झन्डै ६०० गीतका गायिका तारा थापाले २०२८ सालको कुनै बिहान रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड गरेपछि फेरि गायनयात्रामा पछाडि फर्केर हेर्नु परेन । नातिकाजी, गोपाल योञ्जन, शम्भुजित बास्कोटा, राम थापा, सीके रसाइली आदि प्रसिद्ध सबै सङ्गीतकारको सङ्गीतमा गाउने सौभाग्य पाएकी श्रीमती थापा कुनै समय गोपाल योञ्जनकी प्रिय गायिका हुनुहुन्थ्यो । र, उहाँका सङ्गीत र सङ्कलनमा धेरै आधुनिक र लोकगीतहरू गाउनुभयो । 

तर राँकोचलचित्रको एउटा घटनापछि उहाँ गोपाल योञ्जनले धेरैचोटि अनुरोध गर्दा पनि र घरमै आएर गीत गाउने प्रस्ताव राख्दा पनि गाउन मान्नुभएन । गीत गाउन नमानेको मात्र होइन, उहाँ त्यसपछि गोपाल योञ्जनको घरमै पाइला हाल्नुभएन । तर पनि उहाँको गायनयात्रा रोकिएन र लोकप्रियतामा पनि कमी आएन ।
हालैमात्र यसवर्षको संगीत तथा नाट्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुहुने वरिष्ठ गायिका तारा थापासँग साहित्यकार गीतकार रमण घिमिरेले क्यान्सर रोगबाट ग्रसित भएपछि प्राप्त भएका सहयोग लगायत क्यान्सर सम्बन्धि अनुभव अनि वहाँका गीति यात्राका बारेमा भएको रोचक कुराकानी प्रस्तुत छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |