हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

योगमाया पुरस्कृत ,(खसखस सम्वाददाता)


काठमाडौँ
 मदन पुरस्कार गुठीको निर्णय अनुसार विसं २०७४ को मदन पुरस्कार नीलम कार्की निहारिकाद्वारा लिखित योगमाया उपन्यासले पाएको   सोमबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले यो निर्णय गरेको हो 

एक महिनाअघि सार्वजनिक गरिएको उत्कृष्ट ८ पुस्तकहरुमा ध्रुवसत्य परियारको
 कैरन,  सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला,  यज्ञशको भुइँया,  नयनराज पाण्डेको यार,  नीलम कार्की निहारिकाको योगमाया,  राज माङलाकको लुम्बिनी गाउँ  र मोहन वैद्यको हिमाली दर्शन  थिए।

त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ।

यसैगरी २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ। मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि समर्पित व्यक्ति हुन्। गुठीद्वारा सार्वजनिक गरिएको विज्ञप्ति अनुसार २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो।

Comments

LB sunuwar

wauuu...excellent

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |