हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बरिष्ठ श्रष्टा ईन्द्र बहादुर राईको श्रद्धाञ्जली शोकसभा ,(खसखस सम्वाददाता)

हङकङ, मार्च १३- स्थानीय नेपालीहरुको  राजधानी  भनेर कहलिएका जोर्डन स्थित विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा  नेपाली साहित्यका शिखर तारा एवं  आयामेली र लीला लेखनका  अभियन्ता बरिष्ठ श्रष्टा ईन्द्र बहादुर राईको श्रद्धाञ्जली शोकसभा सम्पन्न भएको छ ।

विनेसा हङकङका अध्यक्ष  कवि चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली साहित्य परिषद, पत्रकार महासङ्घ  र आदिवासी जनजाति महासङ्घ हङकङका अध्यक्ष  किसन राई हुनुहुन्थ्यो भने विशेष अतिथिहरु नेपालवाट आउनु भएका साहित्यकार श्रष्टा लक्ष्मण सिटौला र हिमालय टोन्सका प्रबन्धक एवं वरिष्ठ संगीतकार दिनेश सुव्वालाई राखिएको थियो । 

हङकङ भएका साहित्यिक संस्थाहरु नेपाली साहित्य प्रतिष्ठान
, साझा साहित्य सृङ्खला, आदिवासी जनजाति साहित्य समुह, साव्लावुङ प्रकाशन, समिक्षक समाज र अनेसालाई सह आयोजक बनाई एउटै ब्यानर राखि सँयुक्त साहित्यिक कार्यक्रम गरिएको यो नै पहिलो र ऐतिहासिक मानिने छ । छ मार्चको दिन भारत दार्जिलिङमा अचानक देहावसान हुनुभएका लोकप्रिय साहित्यकार ईद्र बहादुर राईको दिवंगत आत्मा चिर शान्तिको कामना गर्दै उपस्थित सवैले एक मिनेट मौन धारणा गरि राईको तस्विरमा श्रद्धाञ्जली फूलका गुच्छा र मालाले माल्यार्पण गर्नुभएको थियो ।


सहआयोजक नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष एवं विनेसाका सल्लाहकार रेखा कवि टक सम्वाहाम्फे द्वारा स्वागत मन्तव्य गरिएको कार्यक्रममा चित्रकार
  दिपेन्द्र राई, साव्लावुङका सम्पादक राज कुमार राई, समिक्षक समाजका संयोजक हेम कु लावतीजनजाति साहित्य समुह एवं त्रिकोण अभियन्ता कवि भुपेन्द्र चेम्जोङ, द्वय विशेष अतिथिहरु कवि लक्ष्मण सिटौंला, वरिष्ठ संगीतकार दिनेश सुब्बा र प्रमुख  अतिथि समाजसेवी किसन राई सवैले डा. ईन्द्र बहादुर राईको नेपाली साहित्य प्रति योगदान, निष्ठा र चर्चा परिचर्चा टिप्पणी गर्नुभएको थियो। उल्लेख्य साहित्यकार कविहरुको उक्त उपस्थित शोक श्रद्धाञ्जली कार्यक्रमको उद्घोषण विनेसा हङकङका सचिव बल्लभ रोकाले गर्नुभएको  थियो भने कार्यक्रमको विसर्जन गर्ने क्रममा अध्यक्ष आन्छनले डा. राईको  निधनले साहित्यमा अतुलनिय क्षति पुगेको र वहांको योगदान साहित्यमामात्र सिमित नरहेर भारत जस्तो देशमा नेपाली  भाषी हाम्रो पहिचानलाई मान्यता दिनुपर्छ  भन्ने एक जुझारु अभियन्ता पनि हुनुहुन्थ्यो भनेर टिप्पणी गर्नुभएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |