हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नाप्नै सकिएन

रजनी श्रेष्ठ, (भर्जिनिया )

 हिंड्दै छु
सपना बोकेर
घामको तापले रोकेन
बर्षादको पानीले छेकेन
सपनाको सम्मोहिनीमा
ढुङ्गाको ठेसले पनि छेकेन
मेरा दृढ साहस कहिल्यै रोकिएन
निरन्तर अबिरल यात्रामा
आफुलाई भुलिरहें
मदहोस भएर |

नियात्रा
 जारी रह्यो
सुन्दर भबिष्यको प्रति़क्षामा
समयसंग बग्दै गएं
अज्ञात शक्तीले जगाई रह्यो
अविस्मरणीय मिठो
कल्पना
उन्माद उमंग बोकेर
हिडीरहें
अझै यात्रा सकिएको छैन |

दिन महिना गन्दै बर्षौ बितेको
पत्तै भएन
एैना परिबर्तन भएछ!!
हिजो जस्तो आज देखिएन
प्रकृतीको रसमा
समयले घोलेको
चाल पाईनं
मृग तृष्णाको सहवासमा
यथार्थलाई भुलेछु
अनन्त यात्रामा
जिबनको लम्बाई नाप्नै सकिएन
जिबनको लम्बाई नाप्नै सकिएन |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |