हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्व. कविताराम श्रेष्ठको सम्झनामा अमेरिकामा श्रद्धाञ्जली सभा,(खसखस सम्वाददाता )


स्व. कविताराम श्रेष्ठ, फोटो: खसखस डट कम

९ डिसेम्वर, वाशिंटन डिसी, नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

सो श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले स्व. कवितारामले अमेरिका भ्रमणको क्रममा पछिल्लो पटक भएको भेटघाटको स्मरण गर्नुभयो । वरिष्ठ साहित्यकार हरि अधिकारीले अस्वीकृत जमातको स्थापना कालमा सँगै साहित्यमा गरेका कामहरुको सम्झना गर्नु भयो । वल्र्ड नेवा अर्गनाइजेसन्सका अध्यक्ष सिजन श्रेष्ठले गत वर्ष वाल्टिमोरमा सम्पन्न वल्र्ड नेवा अर्गनाइजेसनको सम्मेलनमा स्व. कवितारामले प्रस्तुत गर्नुभएको प्रिजेन्टेसनको सम्झना गर्दै उहाँलाई उहाँको योगदानको कदरस्वरुप सल्लाहकारको रुपमा राखिएको वताउनु भयो ।

सो अवसरमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, एएनएसका अध्यक्ष प्रभा देउजा, एनओएका अध्यक्ष वविता श्रेष्ठ , एनपिपिएका वरिष्ठ उपाध्यक्ष मनोहर श्रेष्ठ, कवयित्री विमला निरौला लगायतले श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले अध्यक्षताको आसनवाट वोल्दै कविताराम श्रेष्ठसँगका सम्झनाहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालक दोव ढकालले साहित्यकार कविताराम श्रेष्ठको योगदान प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, साहित्य प्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्व. श्रेष्ठका भाई वेनु श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२००४ सालमा ओखलढुँगामा जन्मेका रामवहादुर श्रेष्ठ नेपाली साहित्यमा कवितारामको नामले ख्याति आर्जन गरेका थिए र गत नोभेम्वर १९, २०१७ मा लण्डनस्थित अस्पतालमा क्यान्सरको रोगले दिवङ्गत भएका थिए । विविध विधामा उनका ३० भन्दा वढी कृतिहरु प्रकाशित छन् र केही कृतिहरु अँग्रेजीमा समेत अनुवाद भई प्रकाशित छन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |