हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दोहामा ओला ,(खसखस डट सम्वाददाता)


दोहा कतारमा आयोजित एक साहित्यिक कार्यक्रममा बिनोद खड्काको पहिलो नियात्रा संग्रह
ओलाको लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारको मासिक वाचन सृङखलाको ७० औ डबलीमा उक्त कृति बिमोचन गरिएको थियो । वाचन शृंखलाका बिशिष्ट श्रोताहरु, लेखककी धर्मपत्नी रमा खडका तथा लेखक बिनोद खड्काले संयूक्त रुपमा नियात्रा संग्रह ओलाबिमोचन गरेका थिए । ४३ ओटा नियात्राहरुको संग्रह ओलाको प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गरेको थियो भने निवन्धकार तथा नियात्राकार युवराज नयाँघरेले सम्पादन गरेका हुन ।

 

४० भन्दा बढी मुलुक घुमेर तयार पारिएको ओलामा नेपालीहरूको संघर्ष, उपलब्धि, सम्मान र आपसी मित्रताको सन्दर्भहरू समेटिएको कार्यक्रममा बताइयो । कतारको दोहामा आयोजित कार्यक्रममा पुस्तकमाथि कवि तीर्थ संगम राईले टिप्पणी गरेका थिए भने कवि खड्काले पुस्तकबारे प्रस्टयाएका थिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |