गजल
मिथिला प्याकुरेल, (भरतपुर)
मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी
म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी
मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ
सँगै मिलि सारेको पिपल त्यतिनै बेला भाँच्नु तिमी
मेरो लासमा चढ्ने फुलझै तिम्रो जीवन फुलिराखोस्
मेरो संसार त उजाड्यौ आखिर अर्काको लागि साँच्नु तिमी
मेरो त्याग प्रश्न चिन्ह भै दोसाँधमा उभियो भने
मेरो अस्तु र तिम्रो उनीको सिन्दुर जोखेर जाँच्नु तिमी
अन्तिम ईच्छा मेरो हे प्रभु म मरेर पनि उनीलाई स्पर्श गर्न
मेरो स्पर्श र उनको अंगालो सक्यौँ भने दाँज्नु तिमी
Comments
Prakash sayami
RAMRO GHAZAL