गजल
रमेश बिष्ट (आर. अल्पमत) , (खोप्लाङ्ग —८, गोरखा)
सुन्छु म त वार वारमा सहमति
छरपस्ट अखवारमा सहमति
भदौ चौध छैन टाढा सखारै हो भोलि
वनाउने रे त्यही वेला दरवारमा सहमति
नुन छैन डोल्पालीको कस्लाई छ चासो
पियन देखी उपप्रधान नातेदारमा सहमति
अवरुद्ध सडक सदन अर्को रसमा व्यस्त
भित्रभित्रै देख्छन् नेता तरवारमा सहमति?
झस्के वाउले मिल भन्दा आज्ञाकारी छोराहरु
कैले हुन्छ नेता साँच्चै वारपारमा सहमति