म पनि गैह्र नेपाली भएछु
विनोद रोका, (न्यु योर्क )
देशले भन्यो,
गैह्र मानीसहरुले देश कब्जा गर्न लागे,
नालापानीमा गै भक्तीथापा संगै,
गैह्रहरुका विरुद्धमा लडाई लड।
म शीर ठाडो पारेर खुकुरी नचाउदै
गैह्रहरु उपर जाई लागे।
भक्तीथापाले झैँ मैले पनि
रगत बगाए देशका लागि।
शासकले भन्यो,
गैह्र मित्रहरुका सृरक्षाका लागि रगत बगाऊ
मैले पनि लडाईको मैदानमा गजे घले संगै
खुकुरी झिकी तोपसंग लडी
नेपालीको बीरता दर्साए।
नेताले भने,
गैह्र कानुनी रुपले जंगेले देशको शासन लियो,
देश नरेश र जनताका लागि लडाई लड
म पनि शृक्रराज र थिर बल मल्लहरु जस्तै
गैह्रमानीसहरुका विरुद्धमा
मैदानमा उत्रीएर लडाइ लडे
राजालाई गद्दी र नेतालाई कुर्चीमा बसाए।
राजाले भने,
मलाई मान्ने पार्टी बाहेक अरु सबै गैह्रकानी हृन
अत. सबै पार्टीका गैह्र मानीसहरुसंग लड।
नेताले भने,
राजा गैह्रकानृनी हृन यीनका विरुद्धमा लड।
म जनताको छोरा नेताको पक्षबाट लडे।
फेरी नेताले भन्यो,
मेरो पार्टी बाहेक अरु सबै पार्टीका मानीस गैह्र हृन
अत. अरु पार्टीका गैह्रमान्छहरु संग लड।
हामी लाजृ भाई बाडीयौं र
एक अर्कालाई गैह्र ठानी आपसमा लडयौ।
यसरी लडदा लडदा रगत सकियौ
देशमा पसीना बगाउने ठाऊ रहेन
र म बिदेशीए।
नेताहरुले भने,,
त श्रम बेचेर पैसा कमाउन विदेश गईस
त्यसैले अब त गैह्र नेपाली भईस।
तेरो मृल्यांकन मान्छेमा होईन
अब मृद्रामा हृन्छ,
लगानी गर्ने गरी आए
तलाई देशले ज्वाई झैँ स्वागत गर्ने छ।
तैले पाउने नेपालको सम्पति भने देशले हर्ने छ।
किनकि त संग अब रगतको होईन
पसीनाको मात्र नाता छ
त पसीना बेच्न बिदेश गएर गैह्र भईस
त्यसैले अब त
गैह्रमानीसबाट गैह्रनेपाली भईस।