गजल
बिनोद खड्का, (दोहा, कतार)
सपनामा आउछ्यौ तिमि बिर्सिएर के भो
जीन्दगी न हो कहिलेकाही घिर्सिएर के भो
दर्द र पीडाको पोखरीमा जति डुबे पनि
किनारामा नै बस्नेलाई चिप्लिएर के भो
मायापिर्ती भनेर जति गीत रोए पनि
गाईने दाईको सारंगीमा पिल्सिएर के भो
निष्ठूरीको माया जालमा हाम फाल्नेलाई
माया प्रेमको जालै भित्र लिप्सिएर के भो
जीन्दगी नै दाउमा लगाई खेल खेल्नेलाई
उमेरले नेटो काट्यो बैश उम्लिएर के भो ।
१५ सेप्टेम्बर २०११