गजल
प्रकाश सायमी , (गोधूली संसार, भैँसेपाटी, सैँबु ८)
भाउ केही छैन जिन्दगीको अभाव धेरै छ
आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ
पहिले त दुःखमा पनि हाँसिन्थ्यो मज्जाले
अचेल सुखसयलमा पनि बदलाव धेरै छ
भाले बासेको संकेत विहानी पो हो कि
पर्खिन्छु बरु सुनामीको हावभाव धेरै छ
जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ
हारमा पनि मस्त रहने स्वभाव मेरै छ
जो जहाँ भएपनि गन्तव्य सबको एउटै
बाटो हजारौँ होलान् तर चुनाव मेरै छ
Comments
Shiva prakash
भाउ केही छैन जिन्दगीको अभाव धेरै छ आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ हारमा पनि मस्त रहने स्वभाव मेरै छ dui sher.... sawa sher..
amrit subedi
सायमी दाइका सवैखाले लेखरचना मलाई मन पर्छन् । यो गजलले पनि मन नै छायो । तर अन्तीम २ शेरमा रदिफमा प्रिन्ट मिस्टेक भयो की र ?