हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

म सक्छु

मेनुका थापा , (काठमाण्डौं )

तिमीलाई...

कहिले कथित् बोक्सीको आरोपमा

आफ्नै मलममूत्र खुवाएको देख्दा,

कहिले कुटपिट गरि निलडाम बनाएको देख्दा,

मेरा रातहरु बिथोलिए

हातहरु कामे

न लेख्न सकेँ

न देख्न सकेँ

न त जिउँदै जलाउँदा छेक्न सकेँ....!!!

तिमीलाई जिउँदै आगो लगाएको देखेर

हावाले पात हल्लिए झै म, हल्लिएँ

आगोले नौनी पग्लिए झै म पग्लिएँ

म पनि तिमी जस्तै एउटी नारी....!

लाग्यो,

म हजारौ लाखौ टुक्रामा विभक्त भएँ

आकाश टाउकोमा बज्रिए झै पाताल भासिदै गएँ ......

जसरी स-साना कणहरु मिलेर सलाई बन्छ

ठिक उसरी नै,

म एउटा त्यहि सलाईको काँटी हुँ

नसोच कोहि,

सबै काँटीलाई पानीमा डुबाउन सक्छु

यो पनि नसोच

सबै काँटीहरुलाई कुहाउन सक्छु

सानै भएपनि म,

नओसिएको त्यस्तो काँटी हुँ-

जसले भयंकर डडेलो लगाउन सक्छु

अन्ध विश्वासको बस्ति,

क्षणभरमै जलाउन सक्छु ....!!!

Comments

Prateeman Rai

यस्तो अन्धबिश्वासलाई हाम्रो समाजबाट उन्मुलन गर्नै पर्छ, मेनुका थापा जी को सशक्त अभियानलाई हामी सबैले साथ दिनै पर्छ , के थाहा नि भोलि आफ्नै घरमा नि \'\'बोक्सी\'\'  को आरोप लाग्न सक्ला, हाम्रा घरमा पनि आमा, दिदिबहिनी  छन्/  सबैले सोच्नुस त यदि यस्तो घटना आफ्नो घरमा घट्यो भने कति पीडा होला! आजको २१ औं शताब्दीमा पनि हाम्रा आमा, दिदीबहिनीहरु कति पीडा अनि अत्याचार सहन बाध्य छन्/ यस्तो अन्धविश्वासले गर्दा नेपाली समाजको अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो संदेश जान्छ?  कथित \'\'बोक्सी\'\' को आरोपमा यस्ता हृदयबिदारक घटनाको शिकार हुनबाट हाम्रो समाजलाई मुक्त गर्नु अनि सभ्य समाजको निर्माण गर्नु हामी सबै नेपालीको कर्तब्य हो / 

Binod Neupane

भैरेका हाइकु ! 

सिन्दुर पुछे 
जीउने साथी छैन 
भन्छन बोक्सी !
.........
गुहु चटाये 
बोक्सी लाग्यो भगाये
ढ्याग्रो ढटाये !
........
निच सोचाइ 
बिधीको बिडम्बना 
डटेर लड !

Mann Nepali

Kabitale mero mann chhoyo Menuka Dee.
Yo kabita, bokshi aarop lagaune mam6elai sunayo vane pani tesko mann runchha.

prakash thapa

वा वा वा वा वा , मेरो आशु झर्यो यो पढेर
मेनुका बहिनि तपाई लाई \'\'बहुप्रतिभासाली ससक्त व्यक्तित्व\'\' भन्दा माथि अर्को कुनै सब्द छ भने त्यो पनि स्विकर्नुहोला.
 तपाई संगै म पनि छु यो अन्धबिस्वाश लाई धोस्त पार्ने अभियान मा .. भगवान ले एस्ता छोरि हरुको सम्रक्षण गरुन...!!  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |