हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कार्यकर्ता

बिपूर्ण तारा, ( )

फ्लाईटभरी उसले
राजनीतिक भबिष्यको सपना देख्यो
दुखदायी बाँचेका क्षणहरु
चिच्याई चिच्याई कराएका नाराहरु
र उ हिँडेको सडकहरु
उसले बनाएको सेलहरु
उ विक्षिप्त हुँदै सोच्यो
उ बिदेशिँदै गरेको आकाश ।

जिन्दावाद र मुर्दावादका नाराहरुमा बर्सेका कोर्राहरु
स्तब्ध बनेका सडकहरु
उ सोध्दै छ आफैसँग
म किन हिँड्न सकिन राजनितिक बाटो हुदै
एकाध बर्ष अरु ।

यि टाउकोहरु
नेताको रिमोटका चिपहरु
आज बिनासित्ति
नेताको ब्यहोराले थाकेको छ ।
र ड्यामेज भएको छ
राजनीतिक भबिष्य
ऐस सँगै नेताको ।
उ नेता बन्न जुर्मुराउँदाका मासहरु
आज बिनासित्ति खेमामा बाँडिएर
आफु आफु जुधिरहेका छन्
उ खुईया गरेर प्लेनलाई थुक्छ
नेताले उड्न सिकाएको घर ।

उसले धेरै बर्षको योजना बनायो
नेता बन्ने
चाकरी नगरी
तर उ पैसामा खुम्चियो ।
किन भने उसले राजनीतिलाई व्यवसाय बनाएन ।
उ क्रियाशिल कार्यकर्ता
राजनितिक ब्याबसायमा टाट पल्टेर
उ आकाशमा
पिँजडाको निश्चित गरेर
आज उडिरहेको छ ।
आगत कल्पिदै ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |