गर्न बाँकी अझै छ की ?
शिव प्रकाश, (बोष्टन)
गर्नु गर्यौ इष्ट–मित्र गर्न बाँकी अझै छ की ?
झर्नु झर्यौ मान्छेबाट झर्न बाँकी अझै छ की ?
जता मल्के उतै ढल्के पल्के साथी पीपल पाते
चर्नु चर्यौ जुठोपुरो चर्न बाँकी अझै छ की ?
निष्ठा–विष्टा मुछमाछ एकै गाँस एकै सास
भर्नु भर्यौ भकारोले भर्न बाँकी अझै छ की ?
लाज–घिन पचे पछि स्वार्थ मात्र बचे पछि
हर्नु हर्यौ आफैंलाई हर्न बाँकी अझै छ की ?
शत्रुसित बच्न सक्छौ बच इष्ट–मित्रसित
छनु छर्यौ विष–विज छर्न बाँकी अझै छ की ?
Comments
Chandra
Sir hajurko gajalle mero vitri hridhaya 6oyo
Dr.Surya Parajuli
Dear, I go through your Gazal. Nice one.. Regards, www.drsathi.blogspot.com