सिस्नो
विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)
जागिर अर्थात जा+गीर,गएर गीर भन्नुहुन्थ्यो पिताजी। आठ बर्षको गीराईमा म छ पल्ट सरुवा भएर नयाँ ठाँऊको परिचय लिन पुगीसकेको थिएँ। एक्लै हुँदा त ठीकै थियो तर बा आमाले louis vuitton handbags 2013 एउटी कन्याको जीम्मा काँधमा हालिदिए पछि भने ऊनको पनि कारणले थप गाह्रो हुन्थ्यो तर नारायण गोपालको गीतले टारिदिन्थयो, 'यसै गरि बिताईदिन्छु दुइ दिनको जीन्दगी !'
बल्लै आफ्नै जिल्ला सरुवा भएकोमा थोरै खुशी थिएँ। कोठा पाईयो एक cheap louis vuitton handbags सज्जनको घरमा। भर्खर बनेको घरमा हामी मात्रै थियौ,भाडा दिने। ऊनी सज्जन देखिन्थे।दुई जना फूल जस्ता नानी थिए।एक छोरा एक छोरी। पाँच सात बर्षका।
संयोगले त्यो जिल्लाबाट चाँडै सरुवा भएन। घरबेटी सँग हाम्रो louis vuitton outlet uk आत्मिय सम्बन्ध बसीसकेको थियो। हाम्रा अझै बच्चा भईसकेका थिएनन्। ती दुबै नानी हाम्रामा आऊथे,खान्थे,खेल्थे,बस्थे,पढ्थे। हाम्रा आफ्नै नानी सरह थिए।
अकस्मात आमा बिरामी भएको खबर आयो र ऊनी माईत गईन्। म एक्लै खान्थे,पकाउँथे। ऊनी गएको दिनबाटै नानीहरु आऊन छाडे। मलाई न्यास्रो लाग्यो। मायाको लत। बोलाउंदा पनि छोरा बल्ल तल्ल आयो, छोरी आईन। ती तोते बोल्ने बडी राम्री बच्ची थिईन्।
एक साँझ अलि अबेर फर्केको थिएँ। पतिले पत्निलाई भनिरहेको 642-902 dumps सुनेँ "त्यत्रा बलत्कारका समाचार सुनेको छैन,कस्को के भर? छोरीलाई फिटिक्कै CCNA 200-120 exam latest डेरावालकोमा पठाऊने हैन।"
लाग्यो दश बिसवटा बारुलाले एकै पटक चिल्यो मलाई।
Comments
Bishwa R. Adhikari
Very nice story based on reality. It speaks about the time the country is facing.