गीत: समयका स्वादहरु
इन्जिनियर राकेश कार्की, (लस् एन्जेलस्)
हिँड्दै जाँदा भेटिदै जाँदा
कति साथीले मुटुमा छुन्छन्
बिर्सनै नसक्ने मिठा प्यारा
थुप्रै सम्झनामा थुन्छन्
पुरानो झ्याल खोली एकनासले
पर पर हेरिरहन्छु
फिँजिएका अनगिन्ती रमाइला क्षण
परेली झिम्काई बेरिरहन्छु
पूर्व सूर्यको लालीले छुँदा
न्यानोपनको अनुभव भइरहन्छ
साटेका असंख्य मुस्कान र हाँसो
फेरि फेरि चाहानामा आइरहन्छ
रङ्गीचङ्गी फक्रिएका फूलमा
मायाका याद रङ्गीरहन्छन्
ति आत्मिय बितेका पलमा
समयका स्वादहरु बल्झिरहन्छन्