हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिम्रो सपना, आमाको प्रश्न,

कृष्ण कटेल , (ओखलढुङ्गा कटुञ्जे)

तिम्रा बम बारुद र गोलीका छर्राहरुले

मेरो पसिना मोलिएको घरको छाती छेड्दै गर्दा

कुनै दुश्मनी बेगर तिम्रा लात्तिले मलाइ बेहोस बनाउँदा,

सबै तितरबितर थिए तिम्रो त्यो सफलतामा

तर, प्रत्यक्षदर्शी थियो

नजिकै ठिङ्ग उभिरहेको बुढो सिमलको रुख,

उसले हेरिरह्यो तिम्रो महान कार्यलाइ

आखिर किन र के का लागी थियो ? 

आजसम्म सोधिरहेछ मलाइ

त्यो बुढो सिमलको रुख ।

मसँग छैन उत्तर

अनि तिमीले पनि दिन सक्दैनौ यो प्रश्नको जवाफ

निकै ठूलो सपना बोकेर

बन्दुकको नालबाट उच्छिट्टिएका गोलीहरु

आखिर अड्किएका छन्

मेरो घरको बारतालीमा ।

खै के सफलता पायौ ?

दुनियाको ओठको मुस्कान

निमिट्यान्न पारेर ?   

यो प्रश्न तिम्री आमाले सोधेकी छिन्

आमाको अघि काँतर बन्ने सन्तान के सन्तान ?    

देउ जवाफ तिम्री आमालाई,                                      

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |