हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आगो बोकेर बतास

श्याम तमोट, (काठमाडौँ)

आगो बोकेर बतास किन चल्छ घरिघरि

कुरै कुरामा यो घर किन जल्छ घरिघरि ?


दृढ संकल्प बोकेर हुर्काएको जिन्दगी

जरा बिनाको रुख झैं किन ढल्छ घरिघरि ?


फल रसिलो पाउन स्याहारेको बोटमा

तीतो अमिलो टर्रो नै किन फल्छ घरिघरि ?


वर्षौं अघिको कसम अझै पुरा नगर्दै

आएँ आएँ म भन्दै किन छल्छ घरिघरि ?


कालो सबै नै नजाती ठान्ने मान्छे स्वयं नै

टिका भनेरश्यामरंग किन दल्छ घरिघरि ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |