हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अपूरो सूत्र

उज्ज्वल जी.सी., ( )

साहित्यिक धरातलमा पदार्पण गरेको केही वर्ष नबित्दै उसले चर्चित कसरी बन्ने ?, पुरस्कारहरु कसरी कुम्ल्याउने ? भन्ने सपना देख्न थाल्यो । दुईचारवटा स्थानीय पत्रपत्रिका बाहेक अन्य राष्ट्रियस्तरकामा रचना सधै अस्वीकृत हुने समस्याबाट वाक्क भएपछि उसले धेरै चिन्तन मनन गर्यो । अन्ततः रचनाहरु प्रकाशन गर्ने, अग्रज साहित्यकार, कवि, सम्पादकलगायत साहित्यिक संघसंस्थाहरुसंग घनिष्ठता कायम गर्दै आफ्नो प्रभुत्व उँचो बनाउन केही सूत्रहरु प्रयोगमा ल्याउने अठोट गर्यो

 

उसको पहिलो सूत्र थियो फुभन्दा अग्रजका सामु मुसा बन्दै थोरै समयका लागि सज्जन भनाउन सफल हुने ।

 

दोश्रो सूत्र थियो कुनै एक अग्रजलाई भर्याङ्ग बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने ।

 

तेश्रो सूत्र थियो स्थापित प्रायः साहित्यकारहरुलाई कुनै कार्यक्रममा बोलाएर नून खुवाउने, सेवा सत्कार गर्ने । यसबाट आउने जस आफु लिने, अपजस भर्याङ्ग बनाइएको अग्रजमाथि थुपार्ने ।

 

चौथो सूत्र थियो आफ्नो नाउबाट खुवाउने नूनको खर्च बिभिन्न निकायहरुबाट उठाउने । सोबाट बचेको रकमले आफ्नो भुडी बढाउने ।

 

केही समयभित्रै यी सूत्रहरु प्रयोग गर्न सफल भयो ऊ । अर्थात् एउटा ठूलो साहित्यिक कार्यक्रमको आयोजना गरी सबै पक्षकाहरुलाई मानमर्दनसहित नून चखायो । सम्मानपत्र र दोसल्ला ओढायो ।

सबैले वाह ! वाह ! त भने नै त्योभन्दा बढी ऊ एक युवासाहित्यसेवीका रुपमा चर्चित बन्यो ।

 

क्रमशः पत्रपत्रिकाहरुले उसका रचना न्यूनस्तरका भए पनि निसंकोच प्रकाशन गरिदिन थालेनूनको सोझो  गर्दै ।

 

यसबाट ऊभित्र कताकता एक किसिमको अस्वाभाविक आडम्बर जन्मिन पुग्यो । हो, आजभोलि ऊ जुन अग्रजको सहयोगबाट माथि (?) पुग्यो, उसैलाई लात हानेर अझ माथि पुग्ने अनि थुप्रै पुरस्कारहरु आफ्ना कोठामा सजाउने सपना हेर्दैछ । यो उसको पॉंचौ सूत्र थियो जुन पूरा हुन सकेको छैन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |