हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तीन मुक्तक

उज्ज्वल जी.सी., ( )

१.
हो,जूनबाट आज तारा बनेकीछ्यौ तिमी
जिन्दगीको ठूलो सहारा बनेकीछ्यौ तिमी
अभावका नदीहरू यसै तैरेकोे हैन प्रिया !
हरक्षण प्रेमको धारा बनेकीछ्यौ तिमी ।

२.
अँधेरी आकाशको जून बन्दै आयौ तिमी
सुमधुर सङ्गीतको धून बन्दै आयौ तिमी
हो, डुब्न लागेथ्यो अभावमा जिन्दगी मेरो
अनायासै अकबरी सुन बन्दै आयौ तिमी ।

३.
हो, शक्ति र पैसा हुदा सबैले गन्दा रहेछन्
सानै काम गरे पनि वाह ! वाह ! भन्दा रहेछन्
जब समय निरीह बन्दै ओरालोतिर झरिन्छ
अरु होइन आफन्तहरू नै पराइ बन्दा रहेछन् ।
०००

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |