हामी नेपाली
बासु ढकाल, (डेविस ,क्यालिफोर्निया)
यो तिम्रो माटो, यो मेरो माटो,सबले हिड़ने एउटै बाटो
बीरहरुको रगतले भिजेको पवित्र छ है यो हाम्रो माटो
जुन फूल फ़ुल्छ यहाँ सबका हामी एउटै माली
पहाड़ तराई जहाँ गएनी, मेची काली
जहाँ भए नी
कर्म गर्दा गर्दै यहाँ संसार भरी फैलेका हामी
भाषा, भेष, चिन्तन र धर्मं, रीतिरिवाज रंग आफ्नै
छ
मातृभूमि एउटै हाम्रो, जात हाम्रो एउटै नेपाली
जननी जन्म भूमिस्च स्वर्गादपि गरीयसी ....
तिम्रो हाम्रो मनमा कतै द्वेष भावना नफैलियोस
देशका लागि जुटनु पर्दा,नेपाली मन नमैलियोस
यो तिम्रो माटो ......
हामी नेपाली ...