मिलेर अघि बढौँ
पल्पसा, (हालः शिकागो, अमेरिका)
घाटा र नाफाको हिसाब छोडी
मिलेर अघि बढौं
देशलाई खाने डढेलो निभाई
शान्तिको बिउ छरौं
कत्तिले गुमाए घरबार सबै
कत्तिले ज्यान पनि
गोला र बारुदले नभन्दो रैछ
वृद्ध र बालक पनि
आफ्नै रगतको बिनास गरी
हुँदैन फलिफाप
महङ्गो पर्छ है युद्धको मोल
पाईदैन केहि लाभ
कत्तिको पुछियो सिउँदोको सिन्दुर
अनगिन्ति टुहुरा
नाङ्गो छ शरीर भोको छ पेट
कसले दिने सहारा
यो तपोभूमिमा रगतको टाटा
के यस्तो अभिशाप
प्रज्वलन गरौ शान्तिको दीप
पखालौ सबै पाप
Comments
Basu
Shishji, Looks like you are not navigatied to the correct link. Also may be your audio is not set up correctly. If you think your audio is ok, click on the link below: http://www.khasskhass.com/audio/basudev%20Tripathi.mp3 Please do not forget to leave a comment/feedback after listening. Enjoy listening! Basu
shish sharma
Suniyena ta anarbarta?