हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भुपेन्द्र महत, (कोलोराडो, अमेरिका)

आधारमा धार थ्यो कि माया आरो भो
रेटी रैछ मुटु मेरो बांच्न गारो भो

छुन्छु भनी भनी यो मन भत्कायौ
बिझि वाचा आज त्यो आँखाको छारो भो

दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तीर छाती तारो भो

सतहमा भेट्या माया मुटुमा राख्न नि
निल्नै नपाई जालमा पार्ने चारो भो

मन नपर्नेको श्वासै गनायो कि
फन्की फन्की रन्किने रिसको पारो भो

प्यासी जिबन प्यासमै सिमित भा छ
पिउन पनि बिना पानीको धारो भो

Comments

dhana krishna upadhyay

म पत्रिका पढ्न चाहन्छु

असफल गौतम

सकसका बारेमा मोफसलले पनि धेरै लेखेको थियो तर रचनामा अटाएन्छ अरु सबै ठीक छ। 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |