हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आराध्यदेव श्री पशुपतिनाथ

दीर्घराज प्रसाई, (काठमाण्डौ)



हे नाथ ! पचमुखी प्रभु-पशुपति श्री गुहेयश्वरी तिमी
फूल्चोकी-लुमणी अशोक गणपति श्रीकाल भैरव तिमी
चाँगु-योगिनी भीमेश्वरी हरि श्री स्वयम्भू बौद्ध लुम्वनी ।
मुक्तिनाथ गोसाईकुण्ड कैलास-मानसरोवर गोकर्ण पिण्डेश्वर
शत्रु परास्त गर्न सँधै नेपाली वीर गोर्खाली फैलियोस् सबैतिर ।

श्री बुढानिलकण्ठ शिवफरी दक्षिणकाली जगतकी धनी
बगलामुखी बनकाली बत्सला बासुकी जालपा कंकेश्वरी-
सगरमाथा कुम्वकर्ण- कचनजंगा अन्नपूर्ण हिमालय भरी ।
बराहक्षेत्र कोशीपाथीभरा कर्णाली मालीका गण्डकी श्री द्वारिका ।
नरदेवी कमला गोरखनाथ प्रभु चारमुख गणेश न्यायपालका ।

-जयकृष्ण प्रसाई ९३ बर्षे

साउनको सोमबारको ठूलो महत्व छ । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री बालाचतुर्दशी साउने सोमबारहरु अतिनैं पि्रय मानिन्छन् । साउने सोमबारलाई पशुपतिनाथको जन्मबार स्वरुप मानिन्छ । नेपाली महिलाहरु बिवाहित अविवाहित सबै पशुपतिनाथको पूजाआरधनामा आफ्नो आफ्नो देश परिवार श्रीमान छोरा-छोरीको समृद्धिको कामना गर्दै शुद्ध भएर ब्रत बस्छन् । पशुपतिनाथको मंदिरमा सोमबारका दिन राताम्य महिलाहरुको ठूलो भिड लाग्छ । पशुपतिक्षेत्र बाहेक नेपाल अधिराज्य र भारत लगायत विश्वका अनेकौ स्थानमा स्थापित महादेव शिवालय मंदिरहरुमा त्यत्तिकै हिन्दु नारीहरुको जमगठ हुन्छ । त्यस्तै शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुहरु लगायत खास गरेर नेपाल र भारतका लाखौं साधु-सन्त लगायत हिन्दु धर्मावलम्वीहरु पूजा अर्चना र दर्शनको लागि आउछन् । विश्वभरीका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसक्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन् ।

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेखछ- प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण गंगाको उत्तर काठमाण्डौं उपत्यका रुद्रको अतिनैं पि्रय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्डपिण्डेश्वरलाई पवित्र क्षेत्रको रुपमा लिइन्छ । त्यस्तै अमरनाथ विश्वनाथ कैलास-मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्ने गर्छन् । पशुपतिनाथलाई शिव महादेव किरातेश्वर शंकर शंम्भुज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन् तीनलाई ज्ञानचक्ष मानिन्छ । पशुपतिनाथका पाँच मुख मध्ये पूर्व तत्पुरुषृउत्तर वामदेव दक्षिण अघोर पश्चिम सद्योजात र आकाशतर्फ फर्केको मुखको नाम इशान हो । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविबंशका पहिला राजा 'विक्रमादित्य' को उपाधि धारण गरेर 'वैशालाधिपति' को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो िसंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवतखण्डमा उल्लेख छ । पृथ्वीमा पानीको हाहाकार भएपछि पशुपतिनाथको दक्षिणतर्फ उन्मक्त भैरवको पूर्वतर्फ मल्लराजाहरुका थुप्रै मूर्तिहरु भन्दा पूर्व शंखधारण गरेका कुण्डल र मुकुटधारी राजा भगिरथले महादेव र गंगामाताको तपस्या गरेको मूर्ति ससम्मान राखिएकोछ ।

कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो । यो क्षेत्र हिमवतखण्डको भूभाग हो । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा- ुमरिचिपुलहऋतुभृगुअत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । नेपालका राजाहरु आफ्नो संदेश र भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्ने उद्गार गर्ने परम्परा छ र यो परम्परालाई पशपतिनाथले निरन्तरता दिने नैं छन् । पौराणिककालमा नेवार राजोपाध्यायहरुबाट पशुपतिनाथको पुजाआजा हुन्थ्यो । विक्रम सम्वत् १७१४ पछि राजोपाध्यायहरुको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइएको थियो । पछि प्रतापमल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरु पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भण्डारीहरु गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन् ।

विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कम्जोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा लमजुङ्गका राजाहरुको सहयोग लिएर जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे तीसहजार चारसय मारिए र ६सय जति बाँचेर भागेका थिए । त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजिसंहसानमा बसेर पशुपतिक्षेत्रमा जिर्णोध्दार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्ध बाहेक अरुहरुको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । हिन्दु र बौद्धबाहेक अरु धर्मवलम्वीलाई पशुपतिनाथमा प्रवेश निशेष हुनु पनि राम्रो परम्परा हो ।

विक्रम सम्वत् १४६५ मा पशुपतिनाथ बारेमा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए- 'पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहीं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।' राजाहरुमा प्रतापमल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ- 'राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुइ पाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।'  श्री पशपतिनाथले सबैको कल्याण गरुन् । 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |