गजल
अनुकुल प्रकाश, ( चितवन)
डुवाएँ जिन्दगी केवल गजलमा
रुवाएँ जिन्दगी केवल गजलमा
छुटे साथी टुटे यात्रा नरोकिएरै मैले
गुडाएँ जिन्दगी केवल गजलमा
टुक्रा टुक्रा खुशीहरु समेटेर आज
जुटाएँ जिन्दगी केवल गजलमा
हारेर तिमी सँग बाँकी जो थियो
लुटाएँ जिन्दगी केवल गजलमा
तिमीले दिएका जहरप्याला पिउँदै
मेटाएँ जिन्दगी केवल गजलमा
Comments
Thupten Jungney (Nurbu Sherpa)
“जिवन\" \"जिवन\" सागर, महासागर, खोलाको पानी, फुल, कोपिला केही होइन। यो परिभासा सरासर गलत हो। वास्तबमा जिवनत एउटा सुन्य हो।तँ-म,तेरो-मेरो, यी त \"म\" (सब्द) भित्रका स्वार्थी पन मात्र हुन। एवम आत्मा भनेको प्रज्वल ज्योती हो। यो कहीलै निभ्दैन। वास्तबमा धेरै मानिसहरु \"म\" र \"आत्मा\" एकै हो भन्ने भ्रममा रुमालिएका हुन्छन्। यी दुई एकै हुन भन्नु पनी गलत हो। \"आत्मा\" र \"म\" एकै हुनै सक्दैन। किनकी \"आत्मा\" पवित्र र चोखो हुन्छ, तर \"म\" भनेको पाप-धर्म, तेरो-मेरोमा रुमालिएर स्वार्थी बनेको हुन्छ। जिवन र यो संसारनै सुन्य छ। हामी हाम्रो आँखाले जे देखिरहेका छौ, वस्ताबमा यँहा त्यों छैन। जुन छैन त्यों हामी देखि रहेका छौ र जुन छ त्यों हामी देखि रहेका छैनौ। किनकी मानब जीवनको \"म\" भौतिक रूप संग जोडिएको एक वास्तु हो। जीवनको भौतिक रूप उता गए भित्तामा ठोकिन्छ र यता आएपनी भित्तैमा बजारिन्छ। तर अध्यात्मिकताको हाम्रो आत्मा कतै कसैमा ठोकीन्न। किनकी यहाँ महा-सुन्य छ। जिवन लगाएत संसारनै महासुन्य त हो, तर यसको प्रत्याभुत गर्ने सामर्थ्य हामीमा छैन। मानव जिवन एउटा महत्वपूर्ण र अमूल्य केन्द्र-विन्दु हो। भोली हामी कहा जाने भन्ने भित्री कुराको चावी हामीमै (मन) छ। पहिले के गरिएको रहेछ त र यो मानब जीवन प्राप्त गरियो भन्ने आतंरिक कुरा सोचनिए छ। पिलो जुनिमा यो जीवन प्राप्त गर्नको निम्ती हामीले ठुलो परिश्रम गरेका छौ। यो मनाब जीवन विचको बाटो भएकोले अर्को जन्मकोलागी सही किसिमको बाटो खुलाउने र पाप-धर्म बैंक बचत गर्ने जीवन पनी यही हो। अर्को जुनिमा कता जाने स्वार्ग वा नर्क ? भन्ने कुराको बिशेष हात यो मानब जीवनलाई भएकोले नै यो मानब जीवनलाई अमूल्य जीवन भनिएको हो। यो दु:ख़त भौतिक जीवनको अन्त्य मृत्यु हो।प्रत्यक अनुभुतिले जीवनभन्दा पर एक अन्य बार्ह्य रुपलाई दर्साउछ। जीवन सुन्यताको रूप यही तथ्यमा आधारित छ। सुन्यता जो, सबै संकल्प भन्दा पर छ। जीवन सुन्यता भनेको अध्यात्मिक अनुभुतिको अनन्त, अनादि अभिन्न अंग हो। वास्ताबिक सुन्यता भनेको अंतर्ज्ञानबाट जन्मिने वास्तु हो, तर्काको प्रक्रियाबाट होइन। अर्को जन्म भन्दा हामी भर्ममा पर्न सक्छौ। अर्को-अर्को जन्म हुन्छ तर रूप हैन अरूप, किनकी रुपको भौतिक जीवन त मृत्यु भैहाल्छ। अरुपको अध्यात्मिक बिउवाट नै अर्को जन्म हुन्छ। त्यो अरूप भनेर मैले आत्मालाइ भनेको हो। रूप जीवनको मृत्यु हुन्छ, तर अरूप प्रज्वल आत्माको भने मृत्यु हुन्न। धन्यवाद ! नुर्बु शेर्पा