केही हाइकुहरु
सुषमा मानन्धर, (ललितपुर)
हृदयभित्र
पलपल सम्झना
प्रेम बसेछ ।
सदा पर्दछ
तिमीविना मभित्र
औंसीको रात ।
सेतो तुषारो
झरेका पातहरु
निष्ठूर जाडो ।
पर्खेका आँखा
सुनसान गोरेटो
धर्मर आश ।
तिमी आउन्नौ
सपनाको संसारमा
मेरो गुनासो ।
अँध्यारो रोक्न
तिमीले बालिदेऊ
एउटा मैन ।