हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रंग बिचार

गोपाल रेग्मी, (वाशिंगटन डी. सी .)




कविशिरोमणिको देखासिखीमा 'रंग बिचार'


यौवन गुलाफी, अधर गुलाफी |
आँखाले बोल्ने भाषा गुलाफी ||
डुब्छन जो प्रेमै रस भित्र काफी |
देख्छन यो सारा धरती गुलाफी ||

आकाश नीलो, पहाड नीलो |
कन्चन सफा त्यो समुद्र नीलो ||
फालेर हेर्दा मनको धमिलो |
सारा जगै हुन्छ पवित्र नीलो ||

लोभै छ कालो, द्रब्यै छ कालो |
रागै छ रीसको निष्पट्ट कालो ||
तोडेर फ्याँक्दा ईर्ष्याको जालो |
देखिन्छ संसार सबै उज्यालो ||

दानै छ सेतो, ज्ञानै छ सेतो |
परोपकार अझै हिमाली सेतो ||
उक्लेर हेर "म" भन्ने नेटो |
सारा जगत नै झलमल्ल सेतो ||

जनवरी ३०, २०१०

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |