आमा
लालीगुराँश, (काठमान्डौ)
आमा तिमी कति दानी, हामीलाई जिवन दान दियौ
हुर्काउँदा हामीलाई तिमीले कति दु:ख सहयौ।
धर्ती जस्तो मुटु तिम्रो, मायैं मायाँ पोखी दियौ
हामीलाई सुख राख्न तिमीले धेरै पिडा सही दियौ।
आमा जति ठुलो यहाँ छैन नाता कुनै
छोडी बस्दा बिदेशमा सम्झना आउने झनै।
कति दु:ख गर्यो तिमीले यो कोपिला फुलाउन
आजै देखि थाल्छौँ आमा तिमीलाई हँसाउन।
मन खोली तिमी हाँस्दा पिडा दु:ख भाग्छ सारा
यसै गरी तिछौँ आमा तिम्रो ऋणको भारा।