हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

नेपाली चलचित्र निर्माणमा लैङ्गिक विभेद

प्रकाश सायमी, (ललितपुर)

 

बिषय प्रवेश:
नेपाली चलचित्र विश्व चलचित्रको निर्माण शुरु भएको करीब पैंसाठी वर्षपछि मात्र अगि बढेको मशुरु भएको मान्नसकिन्छ । नयाँ कलाको जन्मभूमि मानिने फ्रान्समा सन् १८९५ को डिसेम्बर २८ का दिन लुइ लुमाएर र अगस्त्य लुमाएरले ‘द ट्रेन अर्बायल टु स्टेशन’ बनाएको एकवर्षपछि भारतमा यसको प्रदर्शन भयो । भारतको तत्कालिन व्यापारिक शहर मुम्बईको होटल वाट्सनमा यो मूक चलचित्रको प्रदर्शनका समय नेपालका केही धनाढ्य व्यावसायी परिवार पनि निम्त्याइएका भएपनि तिनले चलचित्रमा लगानी गर्ने सोच वा धारणा बनाउन सकेन । बरु त्यस्ता चलचित्र प्रदर्शन गर्ने हल वा भवनका निमाण सम्म गरिने पहल सम्म गरियो ।
केही समयपछि भारतमा यसैको प्रभावमा सन् १९१३ मा राजा हरिश्चन्द्र नामक् अवाक् चलचित्र बनेपछि त्यसको असर नेपाली जनमा परेको देखिन्छ । तर पनि त्यो असरले नेपाली चलचित्र बन्न सकेन बरु नेपालीभाषीको प्रभाव भएको नेपाली जनस्थान कोलकत्तामा त्यहीँका स्थानीय कलाकर्मीको सहयोगमा सोही चलचित्रको अनुकरणमा त्यसलाई भाषारूपान्तरण गरेर सन् १९५० मा प्रदर्शन गरियो । दिव्येन्द्रविक्रम परियार नामका ती व्यक्तिले बनाएको सो चलचित्रमा भारत कालिम्पोंग निवासी पासोंग ल्हामू नामक तिब्बती मूलकी महिलाले पहिलो पटक चलचित्र अभिनेत्रीको रूपमा अभिनय गरेको अभिलेख पाइन्छ । तर यस चलचित्रको कुनै प्रामाणिक रूपमा रिल, टेप वा अर्काइभ महत्व भएका कुनै पनि चीज प्राप्त नहुनुले अझै पनि यसलाई हाम्रो चलचित्र भनेर मान्न सकिने कुनै आधार देखिँदैन ।
यस चलचित्रमा मात्र होइन विश्व चलचित्रको इतिहास हेर्ने हो भने शुरुवातीकालमा बनेका विदेशी चलचित्रमा समेत अभिनेत्रीको भूमिकाको किटान गरिएको पाइँदैन । सन् १९१५ मा अमेरिकाबाट डेविड वार्क ग्रीफिथको निर्देशनमा ‘दी बर्थ अफ नेशन’ बनेपछि मात्र अभिनेत्रीको भूमिका महत्वको मापदण्ड झिनो रुपमा बनाइएको पाइयो र त्यो पनि निर्देशक नै पुरुष भएको कारणले गर्दा अभिनेत्रीलाई प्रमुखताका साथ अग्रता दिइएको इतिहास पाइँदैन ।
चलचित्रमा नारीको अवस्था:
महिलाको अवस्थिति हरेक समाजमा केन्द्रिय प्रकरण हो, किनकि तिनले नै नेतृत्व गरेर मानवीय अस्तित्व र सहसम्बन्धलाई सामाजिक निर्माणको रूपमा विस्तार र व्याख्या गर्दछ । नेपालजस्तो देशमा राजनीतिक विविधता र सामाजिक कारणले गर्दा महिलाअधिकारमुखी नदेखिएपनि महिलाको स्थिति सदैव मध्यमञ्चमा रही आएको छ यिनले समाजलाई जागृत गर्ने र परम्परालाई निर्वाह गर्ने अनि त्यसको सहिष्णुताको लागि मानवीय जीवनलाई पुनर्ताजगी गर्ने शक्ति स्रोतको रूपमा अग्रता दिएको पाइन्छ ।
चलचित्र एउटा माध्यम हो जसमा अन्य लिखित वा प्रकाशित विधामा भन्दा वृहत् संवरण यहाँ उपलब्ध छन् । यसले जातीय र वर्गीय सीमा नाघेर मानवोत्थानका लागि समाजको हरेक सतहमा पुग्न सक्ने सम्प्रेषणीय क्षमता राख्दछ । चलचित्रले पूर्णताको आधारमा समाजार्थिक, प्राविधिक र प्राद्यौगिक कारणले महिला, पुरुष सबैलाई एकै मतका आधारमा आदरपूर्वक समेट्ने र सान्त्वना दिने सहकार्य गर्दछ ।
नेपालजस्तो बहुसांस्कृतिक र विविध पहिचानयुक्त मुलुकमा चलचित्रले सदैव गीत, स¨ीत र विचारका आधारमा देशलाई जोडिरहेको हामीले पाएकाछौँ । नेपाली चलचित्रमा प्रयोग हुने गीतमा महिला र पुरुषको सहभागिताले गीत र नृत्यले उत्सवधर्मिता जगाउँछ । गीत र नृत्यका कारण हरेक नेपाली चलचित्रले महिलाको अहम् भूमिकालाई शुरुवातदेखि नै अंगीकार गर्दै आएको छ । चलचित्रको सफलतामा रोमान्स र फैन्टासी, मनोरञ्जन (उदाहरणार्थ, रम्यताका माध्यमबाट, हाँसो र चाक्षुष प्रयोगका कारण), सामाजिक बुँदामा खुल्ला बहस, ( समकालीन समस्यामा प्रकाशमान अवस्था ) यी सबै कारणले गर्दा नेपाली चलचित्र सदैव सम्झौताका खेल बनेको छ । यी तीन खण्डे दृश्यविभक्तिका कारण नेपाली चलचित्रमा महिला सदैव नेपथ्यमा र अझै भन्नुपर्दा शोषणको पात्र बन्नपुगेको सत्य हो ।
चलचित्रको निर्माणलाई नियालेर हेर्ने हो भनें चलचित्रको पर्दामा पुरुषले क्रिया गर्दछन् भने महिला प्रदर्शित मात्र हुन्छन् भन्दा अत्युक्ति नहोला । चलचित्र निर्माण गर्ने पक्ष सदैव पुरुषप्रधान परिवेशको घेरामा आवद्ध रहेको हुनाले चरित्रको उत्थापन र विकासमा पनि त्यस्तै प्रकारको निर्मिति अवस्था देखापर्दछ जसले गर्दा महिला स्वतः वस्तुको, सजावटको रुपमा मात्र उपस्थित हुन्छे ।
महिलालाई पर्दामा प्रस्तुत गर्दा पुरुष वा अन्य दर्शकले हेर्नको निम्ति आँखा तन्काउनुपर्ने परिस्थिति बनाइएको हुन्छ । वा उदाहरणको निम्ति पर्दामा पहिलो पटक नायिकालाई प्रस्तुत गर्दा नायक वा खलनायक कुनै पात्रले उनलाई हेर्दा चश्मा खोलेर ‘वाह, क्या चीज छ ? जस्तो सम्बाद प्रयोग गर्न लगाएर महिलाको गरिमालाई निकै हलुका तवरले सम्बोधन गर्न लगाएको दृश्य पाइन्छ । यो चलचित्रले आफ्नै सिद्धान्तमा तयार पारको मान्यता नभइ समकालीन अवस्थामा चलचित्र निर्माणसँग आवद्ध सिर्जनशील समूहको काल्पनिकीको मापदण्ड हो ।

इतिहासगत सन्दर्भ:  नेपाली चलचित्रको इतिहासलाई हेर्ने हो भने निकटको छिमेकी मुलुक भारतमा पहिलो चलचित्र बनेको वा प्रदर्शन भएको सत्चालीस वर्षपछि मात्र नेपालको भूमिमा नेपाली चलचित्र बन्ने आकुलता देखियो ।
नेपालमा नेपालीको लगानीमा नेपालीभाषीले बनाएको प्रथम चलचित्रका रूपमा आमा (२०१८)लाई स्वीकार्न सकिन्छ । भारतीय प्राविधिकको सहयोगमा सरकारी लगानीमा फिल्मस् डिभीजनले बनाएको सो फिल्मका लेखक र निर्देशक भारतीय मूलका नेपाली भएपनि यसमा सहभागी कलाकार नेपालकै रैथाने हुनुको कारणले भाषामा मौलिकता र चरित्र चित्रणमा नेपालीपनको आभा स्पष्ट देखिन्थ्यो । यो पहिलो नेपाली चलचित्र ‘आमा’ पनि भारतका चर्चित निर्देशक महबूब खानको ‘मदर इन्डिया’ बाट सुक्ष्म प्रभावित भएको मानिन्छ , यस चलचित्रमा नायिकाको रुपमा भुवन चन्द थापा र समर्थन अभिनेत्रीको रुपमा चैत्यदेवी सिंह देखिए पनि अन्य महिला कलाकारहरू र¨मञ्चसित आवद्ध प्रतिभाशाली कलाकार नै देखापरे ।
यो प्रथम नेपाली चलचित्र आमा बनेको समय तत्कालीन राजपरिवारको पनि सक्रियता र भावनात्मक सहयोग भएका कारणले त्यस चलचित्रमा नारी कलाकारलाई सम्मानजनक दृष्टिकोणले हेर्ने र गरिने व्यवहारले लै¨िक व्यवहारमा त्यस्तो खास असर देखिएन भन्ने चलचित्रविद् चेतन कार्कीको भनाइ छ । यस चलचित्रकी नायिका सा¨ीतिक परिवारका एक उस्तादकी छोरी भएका कारणले उनले त्यस समयको सुसांस्कृतिक परिवारलाई प्रतिनिधित्व गरेकी थिइन् । उनकै नेतृत्वदायी भूमिकामा चलचित्रको कथा अगि बढेको हुनाले पनि त्यस समय चलचित्रमा गरिने द्धिपक्षीय व्यवहार स्पष्टतः शिराको रुपमा देखापरिसकेको थिएन ।
भुवन चन्द पश्चात् नेपाली चलचित्रमा क्रमशः परिवर्तनमा रीता थापा र सुषमा शाही अनि मनको बाँधमा सुषमा शाही र मीना सिंह देखापरे भने कुमारी चलचित्रमा चैत्यदेवी सिंह नायिकाको रुपमा देखापरे । यी सबै चलचित्र तत्कालीन सरकारको अधीनमा रहेको शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको हुँदा यसको निर्माण शैलीमा सरकारी हस्तक्षेप र नियन्त्रण रहीरहने हुनाले निर्देशक त्यति स्वतन्त्र हुँदैनथ्यो ।
अघिल्ला दुई चलचित्र छोडेर पछिल्लो चलचित्र कुमारी पनि नारी प्रधान भएको हुनाले यसमा नायिका र अन्य कलाकारको प्रयोग निकै सजगतापूर्वक र सम्मानपूर्वक भएको देखिन्छ । तर कुमारीभन्दा पहिले प्रदर्शन भएको चलचित्र मनको बाँधमा निर्देशक प्रकाश थापाले सुषमा शाही पछि नायिका मीना सिंहलाई एक भ्याम्पको रुपमा र नर्तकी विमला श्रेष्ठलाई बार डान्सरको रुपमा प्रस्तुत गरेर नेपाली महिलाको आधुनिक छविलाई अस्वभाविक तवरमा पर्दामा उतारेका थिए ।
गैरसरकारी लगानीमा सुमनाञ्जली फिल्म्सले माइतीघर नामक् चलचित्र बनाएपछि त्यसमा भारतीय मूलकी अभिनेत्री माला सिन्हा देखा परिन् । मुम्बईको सम्पन्न फिल्म उद्योगमा कार्यरत माला सिन्हाले नेपाली चलचित्रमा एक किसिमको व्यावसायिक छवि त ल्याइन् तर त्यो अुनसारको सार्थक महत्व दिन सकिनन् । भाषामा अनेपालीपन र निर्माणमा देखिएको सूत्रात्मक शैलीका कारण नेपाली चलचित्रमा महिला कलाकार अझै स्पष्ट रुपमा आउन नसकेको र त्यस मुताबिक निर्माता निर्देशकले प्रस्तुत गर्न नसकेको भान हुन्थ्यो ।
विक्रमाब्द २०३७ सालमा प्रदर्शनमा आएको शाही नेपाल चलचित्र संस्थानको व्यावसायिक चलचित्र सिँदूर मार्फत् नेपाली चलचित्रमा महिला कलाकारको अवस्था सक्षम रुपमा देखाप¥यो । यस चलचित्रमा पहिलो पटक देखापरेकी अभिनेत्री मीनाक्षी आनन्दले आफ्नो उपस्थितिले चलचित्रलाई व्यावसायिक बनाउन सफल भइन् भने आफ्नो उपस्थितिले सिनेमाको सफलताको श्रेय अभिनय र आफ्नो ख्यातिले हासिल गरेको अनुभूति दिलाइन् । यसपछि संस्थानबाटै बनेको अर्को चलचित्र जीवन रेखामा यिनले नयाँ नायक शिव श्रेष्ठले भन्दा बढी पारिश्रमिक र भूमिका लिएर नेपाली चलचित्रमा महिला कलाकारको अवस्थालाई स्पष्टतः अग्रतामा राख्दै लगिन् ।
यसपछि यिनैको पहलमा विक्रमाब्द २०३९ सालमा निजी क्षेत्रबाट पुनः चलचित्र निर्माणको कार्यारम्भ भएपछि नेपाली चलचित्र जगत्मा बौद्धिक समाजको पनि आकर्षण देखाप¥यो । यही समय एक महिला निर्माता मञ्जु राणाले सुजाता फिल्मस्को व्यानरमा जुनी नामक् फिल्म बनाए । जुनी चलचित्रमा मीनाक्षी आनन्दले नायकको चयन, संगीतकारको चयन आदि सबै आफैले गरेर महिला कलाकारको सबल भूमिका रहेको अनुभूति देखाइन् । यिनले सो चलचित्रमा नायकले भन्दा बढी पारिश्रमिक लिएर आफ्नो महत्व बढाइन् । र, यिनले चलचित्रमा प्रयोग गरिने व्यावसायिक सूत्रहरुका निम्ति आफ्नो प्रयोग सक्दो कम र प्रचारप्रसारमा आफ्नो सुन्दरताको अधिक मात्रामा व्यापकता देखाइन् ।
भारतको मुम्बईमा संघर्षरत अभिनेत्री मीनाक्षी आनन्द पछि नेपाली नायिकालाई मीनाक्षी आनन्दलाई जस्तो सौभाग्य कमै मिल्यो भने मीनाक्षी आनन्दभन्दा पूर्ववर्ती अभिनेत्रीहरु स्थायी हुन नसक्नुको कारणले त्यो भूमिका सिर्जना गर्न सकेनन् ।
मीनाक्षी आनन्दले नेपाली चलचित्र जगतमा निर्देशक, निर्माता र निर्माण टोलीलाई नै नियन्त्रणमा राख्न सक्ने क्षमताको कारणले उनले आफ्नो चरित्र अनुसारको भूमिका नै पाइन् । तर उनी पछि आएका चलचित्र अभिनेत्रीहरुले अवसर, अनुभव र ख्यातिको कमीले गर्दा त्यो प्रभावशाली छवि कायम राख्न प्रायःलाई गाह्रो परेको देखिन्छ ।
मीनाक्षी आनन्दले नेपाली चलचित्रमा प्रवेशगरेको समय र स्थिति त्यति व्यावसायिक नभएपनि उनले आफ्नो माग बमोजिमको सुविधा र सम्मान अनि पारिश्रमिक पाएको देखिन्छ । उनले आफ्नो लागि बनाएको मापदण्ड सदैव सफल नै सावित भयो ।
यसपछि निजी क्षेत्रका चलचित्रमा कान्छीबाट शर्मिला शाह, कुसुमे रुमालबाट त्रुप्ती नाडकर देखापरिन् । तर यिनलाई त्यसै मुताबिकको नयाँ कलाकारको शैलीको स्वागत गरियो । यी दुवै नायिकाको आगमनको समय नेपाली चलचित्रजगतमा नायकहरुको शक्तिशाली युग शुरु भइसकेको थियो भने दक्षिण एसियाइ भूखण्डमा सार्क मुलुकहरु संयुक्त रुपमा मिलेर फिल्म बनाउने नयाँ प्रयोग शुरु भइसकेको थियो । सार्क राष्ट्रका वीच संयुक्त लगानीमा चलचित्र बनाउने क्रममा भारत, पाकिस्तान, ब¨लादेश र श्रीलङ्काले आफ्ना कलाकारलाई खुल्ला प्रयोग गर्दा आपसमा समन्वय हुन निकै कठिन परेको देखियो । यहीसमय चलचित्रमा महिला कलाकारहरूमाथि लैँगिक विभेद बढेको र असामाजिक हिंसा बढेको स्थिति प्रस्ट देखा पर्यो ।
चलचित्र निर्माणमा निकै पछाडि परेको देश बंगलादेश र चलचित्र निर्माणमा निकै अग्रता लिएको देश भारत बीच खासै सामञ्जस्यता हुन सकेन भने अर्कातिर धार्मिक दृष्टिकोणले अत्यन्त कठोर मानिने इस्लामिक मुलुक पाकिस्तान र वैचारिक रुपले सम्पन्न धरा मानिने नेपाल, भारतसित समानीकरण हुन असहज देखियो ।
यससमय बनेका चलचित्रमा महिला कलाकार छानिँदा एजेन्ट मार्फत् जानुपर्ने प्राविधिक कारणले महिला कलाकारमाथि छिटपुट शारीरिक शोषण भएको प्रकाशमा आइरह्यो र विदेशी निर्देशकले काठमाण्डूका तारे होटलमा नेपाली नायिकामाथि गरिएको दुव्र्यवहारका घटना प्रकाशमा आउन थालेपछि चलचित्र निर्माणमा निष्क्रियता देखापरे भने यस समयका सिनेनायिकाहरु विस्तारै पलायन हुन थाले , यसकारण शीघ्रतिशीघ्र यसकिसिमका निर्माण अवरुद्ध हुनपुग्यो ।

पुरुषको सपना:  महिलाको समर्पण
२०४६ सालको राजनैतिक परिवर्तन पछि नेपाली चलचित्र वृत्तमा परिवर्तन देखा पर्यो । पञ्चायती व्यवस्था ढल्नुअगि नै तत्कालीन सरकारले चलचित्र निर्माणमा ल्याएको सुधारात्मक सोच र व्यावसायिक सुलभताले नेपाली चलचित्र ४६ अगि नै मौलाइसकेको थियो । चलचित्रमा दिइएको कर संरक्षणको सुविधाले संख्यात्मक रुपमा चलचित्र त धेरै बन्न थाले तर त्यसमा बौद्धिकता आउन सकेन । राजनैतिक स्वतन्त्रतापश्चात् वैचारिक परिवर्तन आएपनि चलचित्रमा देखाइने महिला पात्रको स्थितिमा खासै परिवर्तन त्यसको दशवर्षपछि पनि आउन सकेन । प्रसिद्ध समाजशास्त्री लौरा मुल्बेले भने झैँ, “पर्दामा तिनले कति उत्तेजित बनाउँछिन् वा तिनले के पस्किन्छिन् । तिनी मात्र एक हुन् जसले कि त नायकमा डर पैदा गर्दछे वा प्रेमको भाव थप्छिन् जसका कारणले नायकको अभिनयमा शक्ति देखिन्छ । उनको आफ्नै अर्थमा हेर्ने हो भने महिलाको अलिकति पनि महत्व हुन सक्दैन । ( मुल्बे, ८३७)
पर्दामा पुरुषको सपना, उसको संघर्ष, उसको द्वन्द्व, अनि नायकत्व, वियोग, प्रतिशोध, इच्छा सबथोक हुन्छ तर त्यसका वरिपरि सबैतिर नायिका त हुन्छे तर उनको महत्ता त्यति मात्रै हुन्छ जति निर्देशकले पुरुषको आँखाबाट उनको लागि निश्चिन्त ठानेको हुन्छ ।
निर्माणका दृष्टिकोणले चलचित्र निर्देशकको माध्यम भएको हुनाले यसको पहिलो आमा नै निर्देशक मानिन्छ तर नेपाली चलचित्र उद्योगमा महिला प्रधान कथामा बनेको सबै चलचित्रका निर्देशक पुरुष नै भएको हुनाले त्यसलाई चारित्रिक दृष्टिकोणले न्याय गर्न नसकिएको सत्य हो । तर त्यसो हँदाहुँदै पनि त्यस किसिमको निर्माणमा महिला कलाकारको प्रतिभागिता वा हस्तक्षेप, आलोचनात्मक समर्थन वा सहभागिता पनि शुरुदेखि नै न्यून र क्षीण नै देखापरेको छ । त्यो चाहे, कान्छीमा होस् वा बसन्तीमा , त्यो चाहे आमामा होस् वा सीतामा ।
यस किसिमको अपहेलनात्मक स्थितिमा पनि महिला कलाकारको उपस्थिति नेपाली चलचित्रमा पुरुषको हाराहारिमा बराबर नै देखिन्छ तर शोषणको हद पनि त्यही मात्रामा भएको पाइन्छ ।
यति लामो पुरुषको सत्तात्मक सोच भएको चलचित्र उद्योगमा महिलालाई गरिने व्यवहारमा देखिने क्षुधापन मनोविज्ञ सिग्मन्ड फ्रायडले भने झैं  लिंगको अभावको इतिहास मात्र नभएर रोलाँ बार्थले अनुकृत गरेको बुर्जुवा आदर्शलाई परिभाषित गर्ने वा स्वीकार्ने हो भने चलचित्र जगतमा महिला त्यहीँनेर एक उत्पादनको रुपमा सीमित हुन पुगेको स्वीकाछन् , “यो संसारको मान्यतालाइ सही रुपमा रेखाङ्कित गर्ने हो भने यौनको सन्तुलनलाई हेर्न जरुरी छ । सक्रिय पुरुषलाई सञ्चालित गर्न एउटा निष्क्रिय महिलाको कृपापूर्ण सुन्दरता पनि जरुरी छ । एउटा पुरुषको आकर्षणलाई कायम राख्न त्यही अनुक्रममा स्त्रीको शारिरीक सौष्ठव स्टाइल्ड – वा अझ भनौँ डिजाइन्ड शरीर  हुन त्यतिकै जरुरी छ । ( मुल्बे ८३७)
एउटी नायिका चलचित्रमा विधुवाको रुपमा देखाइको हुन्छे तर उनलाई त्यतिकै तज्जन्य र ग्ल्यामरस बनाएर देखाइने परम्पराले चलचित्रले विधवा प्रथालाई तोडेको भन्दा उनको छविलाई बजारीकरण गरेको स्पष्ट भान हुन्छ । एउटा नायक चलचित्रमा क्रान्तिकारी कुरा गर्दा ऊ शहरमा गएर पढेर आएको वा देश चिनेर आएको व्यक्तिका रुपमा देखाइन्छ भने एउटी नायिकाले त्यस्तै भावको वा उत्कर्षको कुरा गर्दा उनी बम्बई रिटर्न भएपछि त्यस्तो बोल्ने सक्ने भएको देखाइनुले सन्देश ठीक सम्प्रेषणीय नहुन पनि सक्छ ।
चलचित्र जगतमा एउटा मिश्रित कहावत् छ, नायक रफ वा नेपालीमा भन्दा कुरुप भएको पनि सुहाउँदिलो देखिन्छ तर नायिका बत्तीस लक्षणले भाग लगाएकी हुनुपर्छ । यो अन्धविश्वासबाट नेपालमात्र होइन , एसियाका आँशिक चलचित्र उद्योग सञ्चालित छ ।
यसो हुनुको कारण पुरुषवादी सोच मात्र नभइ बजारवादी नियन्त्रण पनि हो भन्न सकिन्छ । चलचित्र र समाजको सम्बन्धको अध्ययन गर्दा चार प्रश्न स्वतः अगाडि आउँछन् ,
१ चलचित्र कसले बनाउँछ र किन ?
२. चलचित्र कसले हेर्छ, कसरी र किन ?
३. के हेरियो त, कसरी र किन ?
४.चलचित्रलाई कसले मूल्याँकन गर्यो , कसरी ?
यी चारप्रश्नका वीच हामीले नेपाली चलचित्रलाई हेर्यौं भने यो विधा सदैव निम्न मध्यमवर्गका लागि बनाइएको एउटा मध्यम मार्ग हो जसले कुनै सांस्कृतिक परिवर्तन, ऐतिहासिक दस्तावेज बनाउनुको साटो झन् भएको मानवीय सम्बन्धलाई जटिल बनाएको पाइन्छ ।
साँच्चै एउटा नमीठो सुन्दरता के हो भने नेपाली चलचित्रका दर्शकको अनुहार अझै अस्पष्ट छ ।

शोषणका प्राविधिक शैली:
यी सबै समस्याका वावजूद पनि नेपाली चलचित्र विगत पच्चीसवर्षदेखि निरन्तर बनिरहेको यथातथ्य सर्वजनीन सत्य हो तर यदाकदा नेपाली चलचित्रमा महिला कलाकारलाई शोषण भयो भन्ने खबर वा विषय समाचार पनि बन्दै आएको सत्य हाम्रा सामू घाम जत्तिकै छर्ल¨ छ ।
नेपाली चलचित्र उद्योगमा विदेशी चलचित्र उद्योगमा जस्तो महिला कलाकारलाई शोषण गर्ने कास्टि¨ कोच (महिला कलाकारलाई गोप्य तरिकाले छानिने परम्परा) छैन तर पनि महिला कलाकार पर्दासम्म आउने शैली वा प्रविधि थाहा नपाएर शोषित भएको उदाहरण हामी प्रशस्त देख्छौँ । हालका दिनमा आएर यो शैली तैँ चूप मै चूप को मौन भाषामा व्याख्यायित भएको बुझिन्छ ।
महिला कलाकारलाई रङ्गीन पर्दासम्म छाउन धेरै दुःख भोग्नुपर्ने अवस्था छ तर त्यो आवश्यक नभएर अज्ञानताको कारण हो भन्ने बुझिन्छ । र, त्यसलाई अन्त्य गर्न कि आफैँ शहीद हुनुपर्यो, कि नेता हुनुपर्यो ।
उदाहरणका लागि नेपाली मूलकी भारतीय अभिनेत्री मनीषा कोइरालाले उनलाई फिल्ममा ब्रेक दिएका निर्देशक सुभाष घइले उनीमाथि दुव्र्यवहार गरेको काण्डलाई सार्वजनिकरण गरेपछि नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतका प्रधानमन्त्री चन्द्रशेखरसित फोनवार्ता गरेर मुम्बईका शिवसेना प्रमुख बाल ठाकरेमार्फत् सम्झौता गरेको घटनाले मुम्बई फिल्म उद्योगलाई धेरै कुरा सिकाएको छ इतिहास छ ।
तर नेपाली चलचित्र उद्योगमा महिला कलाकारहरु आफूमाथि भएको शोषण वा विभेदको विरोध त गर्न सक्दैनन् तर आफूमाथि लागेको आरोपको खण्डन पनि आँटले गरेको प्रमाण पाइँदैन । नेपाली चलचित्रजगतका एक निर्माता समुद्र भट्टचनले सबै नायिकालाई यौन प्रसंगमा लक्षित गरेर दिइएको अन्तर्वार्ताको कुनै नायिकाले प्रतिकार वा आलोचनासम्म नगरेको त्यो घटनाले नेपाली चलचित्र उद्योगमा कति विध्न विभेद वा शोषण छ भन्ने पुष्टि गर्दछ । यी सशरीर गरिने शोषण वा विभेद बाहेक महिला कलाकार केही प्राविधिक कारणले सदैव लैङ्गिक विभेदका शिकार भएको पाइन्छ ।
पहिलो विभेद पारिश्रमिक , पारिश्रमिक वा कृतिश्व भनेर चलचित्र जगतमा दिइने रकमलाई लिएर सदैव महिला कलाकार शोषित भएको पाइन्छ । त्यसको मूलकारण हो, चलचित्रमा भूमिकाको औचित्य । नेपाली चलचित्रमा लड्ने, उफ्रने, पछारिने धेरै कार्यकारण महिला भएपनि त्यसमा बहादुरी देखाउने कार्य पुरुषको हुने गर्दछ र आमजनता त्यही पुरुषको बहादुरी हेर्न आउँछ भन्ने निर्माताको सोच भएको कारणले पारिश्रमिक पनि पुरुष कलाकार जसलाई नायक भनिन्छ, ले पाउने गर्दछ । तर त्यही अनुपातमा नायिका वा महिला कलाकारको भागमा पहाडतिर दौडिने वा नाच्ने अभिभारा पर्दछ, त्यसका लागि पनि त्यतिकै महिना वा समय लगाएर मिहेनत गर्नुपर्छ तर त्यसवापतको मूल्य त्यति दिइँदैन । वा भनौँ, त्यसमा बहादुरी कम कला बढी देखिन्छ ।
नेपाली चलचित्र जगतमा नायक भन्दा बढी पारिश्रमिक लिने नायिका जूनी मा मीनाक्षी आनन्द, झुमा मा मौसमी मल्ल, फेरि भेटौँला मा मनीषा कोइराला, सीतामा सनी रौनियार र हतियारमा झरना बज्राचार्यपछि कमै नायिका भेटिन्छन् ।
नेपाली चलचित्र निर्माणमा शुरुदेखि नै नायकको भागमा द्वन्द्व र नायिकाको भागमा नृत्य पर्ने पारम्परिक छनौट छ , यस सौन्दर्यभित्र बर्षौँदेखि रमाइरहेका हाम्रा दर्शकको मानसिकतालाई बदल्न हाम्रा चलचित्रकर्मी, चलचित्र पत्रकार वा समीक्षकलाई पनि साह्रै कठीन भएको सर्वसत्य हो । अझ भनौँ चलचित्र प्रदर्शनको पूर्व तयारीमा प्रचारप्रवद्र्धन सामग्रीमा भद्दा शैलीले नायिकाका शारीरिक अवयवलाई जुन किसिमले प्रदर्शन गरिन्छ त्यसको फाइदा वा मुनाफा चलचित्र उद्योगले भन्दा ठुला पूँजीपतिका ठूल्ठूला अखबारले लिइरहेको हुन्छ । जसको प्रत्यक्षतः शोषणमा प्रचारबाजीको नाममा महिला कलाकार स्वयम् परिरहेको हुन्छ ।
कथाले मागेजत्ति अ¨प्रदर्शन तैयार भएर पर्दामा आउने नायिकालाई वास्तवमा ज्ञानेन्द्रीय र अन्य इन्द्रियको पारस्परिक सम्बन्ध केमा कति हुन्छ भन्ने कुराको भेद थाहा नभएर पनि बौद्धिक दीवालियापन देखाइरहेका हुन्छन् । हाम्रा अजन्ता एलोराका मूर्तिमा नग्नता छैन र, भन्ने भारतीय निर्देशक राज कपूरबाट प्रभावित भएर चलचित्रमा प्रवेश गरेका चलचित्रकर्मी प्रकाश थापाले नग्नता र अश्लिलतालाई एकै ठाउँमा राखेर सदैव एउटै उत्तर दिए र भने, “मैले सुत्केरीहरूले ढाड देखाएर बाटोमा घाम ताप्ने महिलाहरुको समाज यहीँ काठमाण्डू उपत्यकामा देखेको छु । ”
समाज रुपान्तरणको नाउँमा चलचित्रमा महिलालाई एक विशेष भूमिका प्रदान गर्ने सिलसिलामा अधिकांश महिलालाई पर्दामा प्रस्तुत गरिँदा साहस, सौम्यता र सहिष्णुता हुनु जरुरी छ तर कतिपय नेपाली चलचित्रमा नायिकाहरु आफू शोषित भएको अनुभव पछि मात्र बटुल्छन् । चलचित्र सन्तान मा बेड सीन खिँचिएपछि मात्र करिश्मा के.सी., ले आपत्ति जनाइन् भने भाग्य रेखामा कृष्टि केसीले यौन सम्बन्धको अनर्गल आक्षेप लगाएर चलचित्रबाट निकालिएपछि पनि मौन नै बस्न रुचाइन् । युगदेखि युगसम्म नामक चलचित्रमा वीणा बस्नेतमाथि छायाँकन गरिएको दृश्यले उनी आफैँ लज्जित भएको अनुभव र चलचित्र महादेवीमा करिश्मा मानन्धरलाई थाहै नदिइ निर्देशकले नायकसँग गराइएको चुम्बन दृश्यले निर्देशक र नायिकाका पतिका वीच भएको द्वन्द्वले पनि नेपाली चलचित्र उद्योगले केही पाठ अवश्य सिकाएको छ भने त्यसले नयाँ निर्देशकलाई अनुभौतिक स्तरमा केही चेतना दिन नसकेको पनि आभाष हुन्छ ।
चलचित्र निर्माण कलामिश्रित एउटा व्यवसाय हो तर यस व्यवसायमा विभिन्न किसिमले फाइदा लिनेमा चलचित्र निर्माता, चलचित्र प्रदर्शक, बाहेक फोटोग्राफर पनि पर्दछन् । र, कुनै पनि चलचित्रको निम्ति व्यापारिक अवधारणाले खिँचिएको तस्वीर वा चित्रलाई गैरकानुनी रुपले पछि सम्म प्रयोग गरेर सिनेमासम्बन्धी प्रकाशनका पत्रिकाले लाभ उठाइरहेका हुन्छन् , यो स्पष्टतः बौद्धिक सम्पत्ति संरक्षण कोशको अन्तर्राष्ट्रिय कानुन अनुसार नैतिक शोषण हो । जेनेभा सन्धिलाई कानुनतः पालन गर्ने हो भने यस किसिमको प्रयोगजन्य अधिकारलाई स्वीकृतिका आधारमा मात्र प्रयोगमा दिने र लिने व्यवस्था गरिनुपर्छ ।
महिला कलाकार जहाँनेर आफ्नो शोषण वा विभेदवारे बोल्न वा आवाज उठाउन डराउँछन् , त्यही मापदण्डमा चर्चित हुने वा प्रचारमा आउने क्रममा धेरैपटक गलत बाटो अवलम्बन गरेको इतिहास पनि पाइन्छ ।
‘घर जले के घाटा भो खरानी त बेच्न पाइन्छ भन्ने मानसिकतबाट माथि उठेर व्यावसायिक हुने चक्करमा आफूमाथि भइरहेको शोषणमा गौरव होइन सचेत हुन जरुरी छ । विश्वका चर्चित फिल्म उद्योगले नयाँ नयाँ प्रयोग गरेको कुरा अनुुसरण गर्न रुचाउने नेपाली चलचित्र उद्योगमा एउटा विभेद अझै पनि कायमै छ, जस्तै नयाँ भएपनि नायकको नाउँ नायिकाको भन्दा अगाडि दिने । यसले पनि कलाकारको त्याग, समर्पण इतिहासको अपमान गर्न सक्छ । अबको लोकतान्त्रिक पद्धतिमा सारा समाजलाई सांस्कृतिक चेतना दिने संस्कृतिकर्मी नै यस्ता किसिमका असामाजिक व्यवहारबाट वञ्चित हुन पनि जरुरी छ ।
नेपाली चलचित्र जगतमा महिला कलाकारलाई प्रसाधन कक्ष र शुटि¨ स्थलमा दिइने सुरक्षामा पनि प्रायः असमानता देखिन्छ ।
चलचित्रमा कहिलेकाहीँ निर्देशकले वा नृत्य निर्देशकले महिला कलाकारलाई गरिने व्यवहारलाई समाजमा टीका टिप्पणी बारम्बार आउने गर्छन् , त्यसरी गरिने व्यवहारलाई एक चिकित्सकले रोगीसित गरिने व्यवहारसित तुलना गरेर हेर्न सकिन्छ । यस्तो व्यवहार एक व्यावसायिक स्तरमा कुन धरातलमा गरिएको छ त्यो बुझ्न जरुरी छ । पर्सनल, प्राफेशनल वा प्राइभेट व्यवहार कुन सन्दर्भमा कसरी भएको छ त्यसको मूल्याङ्कन त्यही स्तरममा गर्नुपर्ने देखिन्छ ।
सारा कुराको अन्त्य सुझावबाट र शिक्षाबाट मात्र हुन सक्दैन । भारतका प्रसिद्ध नाटककार बिजय तेन्डुलकरले भनेझैँ "मान्छेभित्र दबिएर रहेको आक्रोश जब व्यक्त हुन्छ तब त्यो हिँसामा बद्लिन्छ ।” यसले हिँसाको रुप लिनु अगि नै यसको समाधानको बाटो मारक पक्षले नै खोज्नुपर्छ ।
गलत इतिहासले सिकाएको साँचो पाठ:
नेपाली चलचित्र जगतमा दुई कलाकारको जीवनमा अचम्मको घटना घटे, चर्चाको शिखरमा रहेको बेला नायक राजेश हमालको एउटा नग्न तस्वीर एउटा मासिक पत्रिकामा छापियो । उनले त्यसको प्रतिवाद गरे, विभिन्न तर्क दिए । फोटो छाप्ने लज्जित भए, उनी हारेनन् र उनको ख्यातिमा कुनै कमी पनि आएन । त्यस्तै चर्चामा रहेको बेला श्रीषा कार्कीको एउटा नग्न फोटो एउटा साप्ताहिक पत्रिकामा छापियो । उनले स्पष्टीकरण दिनु अगि नै आत्महत्या गरे । एउटा उच्चतातिर बढ्दै गरेको जीवन नष्ट भयो ।
हाम्रो समाजमा देखिइने विभेदलाई पीडित पक्षले आफैँले आफैलाई यसरी सजायँ दिइएको यो घटनाले हामीलाई धेरै लज्जित बनाएको छ । तर, समाजको मनोविज्ञानलाई परिवर्तन गर्न आफैले साहस गर्नुपर्छ भन्ने कुराको उदाहरण हामीले अघिल्लो घटनाबाट सिकेको सत्यलाई स्वीकार्य मान्नुपर्छ तर त्यसलाई अर्को अर्थमा नलिने हो भने ।
चलचित्रको सम्बन्ध सामाजिक संस्थापन र अन्य सामाजिक संस्थापनसित पनि त्यतिकै निकट हुन्छ तर यसले त्यसैको भाव र बोली बोलेपनि कहिलेकाहीँ यो आफ्नै पीडा भन्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हुन्छ । अहिले नेपाली चलचित्र उद्योग सदैव समाजबाट तिरस्कृत र बहिष्कृत हँुदै गएको अवस्थामा यसको पीडालाई बौद्धिक समाजले, सुधीजनले मनन गर्नु र त्यसमाथि उपकृत भइदिनु हाम्रो पनि दायित्व हो भनेर अवसर लिनुपर्ने अवस्था छ । यस अवस्थालाई सुधार्न सके सारा समाज र समयलाई परिवर्तनको संकेत दिन सक्ने यो चलचित्र समाज अझै स्वस्थ र समृद्ध भएर अगि बढ्न सक्ने थियो ।
चलचित्र जगतले महिला कालकारमाथिको विभेदलाई अन्त्य गर्न चलचित्र लेखनमा सुधार, अभिनय शैलीमा बैज्ञानिकता, सामूहिक कार्यशैलीमा परिवर्तन र चरित्र चित्रणमा पात्रगत दृष्टिबाट अध्ययन र अनुभौतिक स्तरमा समान सहभागिता जरुरी छ । त्यसबाहेक चलचित्रमा महिला कलाकारलाई अनुबन्ध गर्दा कोड अफ कन्डक्ट बनाइनु जरुरी छ जसले एउटै पेशामा आवद्ध एकै व्यक्तिलाई दुई किसिमका व्यवहार नहुन सक्छ । महिला कलाकारलाई कति समय, कस्तो समय, कहाँ, कसरी काम गर्ने नियमतः तय गर्न सकिए सम्भवतः यो विभेद विस्तारै हटेर जानसक्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |