हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पात्र भर्सेज पात्रहरु

समृद्धि शायद, (काठमाण्डौ)

बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि ।  

"म तिम्रो लागि जे पनि गर्न सक्छु"

"जस्तो कि…। !" म जिज्ञाशापूर्ण आँखा ऊ तर्फ तेस्र्याउछु

"पैसा वाहेक सबै" 

उस्ले आफ्नो शब्दहरुमा "सवै" लाई विशेष जोड दियो र म पैसामा अड्किए ।  

पैसा ! पैसा !! पैसा !!!

अभावले पनि प्रेम जन्मन्छ र ! जन्माउनु पर्दोरहेछ अवस्थामा परेपछि । बेरोजगार युवक स्नातक उत्तिर्ण र आकर्षक पनि छ । धेरै पल्ट लिखित उत्तिर्ण गरेर अन्तरवार्तामा फ्याकिएको नमिठो अनुभवको टुक्राटाक्री सुनाउँछ । साँच्चै भनुँभने मैले मेरो जीवनको वृत्तमा ल्याउन नचाहेको पात्र हो । र पनि घरिघरि कुइनेटो बनेर ठोक्किन आइपुग्छु । मोवाइलमा मिसकल दिनु, गीतका लाइनहरु एस एम एस गर्नु र रोमान्टीक हुनु उसको विशेषता तर उस्लाई थाहा छ म उसको उमेरमा ओर्लन सक्तिन । मेरो उमेरले मलाई प्रौढताका बस्त्र ओढाइ सक्यो फेरिपनि उसको व्यवहार उही रहन्छ । "सिनेमा हेर्न जाउ न" लाई थेगो बनाइसक्यो । सँगै चार पाइला हिड्न पाउनु मात्र पर्छ उँचाइ नाप्नको बहानामा छेउमा आइपुग्नु बानी बनाइसक्यो ।  

"म बीस वर्षको भन्ठानेको तिमीले !"

मेरो रिसको पारो चढ्छ । हिड्दाहिड्दै पछाडी छोडिदिन्छु । अब त पिछा छोड्ला भन्ठान्यो तर के छाड्नु ! आइपुगि हाल्छ आँखा अगाडि टुप्लुक्क । कस्तो थेतर मन विसिद्धिको बानी,  इख नभाको मान्छे…… यिनै कुराहरुको मेसो फुकाउछु पत्रकार साथीसंग । ऊ झन् उस्तै - 'ल ! ल !! छ !! छ !!! लेख न लेख यिनै हुन् तिम्रा श्रृजनाहरुको पात्र' भन्छ उल्टो । मन अमिलो भएर आउँछ । एउटा सिङ्गो मान्छेलाई कसरी पात्र बनाउनु । उस्को अभावले जन्माएको म प्रतिको प्रेमलाई विषयवस्तु बनाइदिनु । सम्पादक मित्रको प्रतिक्रिया सम्झन्छु 'सुटुक्क दिएको म्यादपनि सकिन लाग्यो।' अर्थात कथा पठाउन ढिला भइसक्यो ।  

     शुशिललाई पहिलोपटक मैले आफ्नो कार्यक्षेत्रको निरिक्षण गरेर फर्कदा बाटोमा चिनेकी थिएँ । एन.जि. ओ. को जागिरे भनेपछि प्रायशःको मुखबाट निस्कने 'वाह डलर !' उसको मुखबाट फुत्केको थियो । उसका साथीहरु अघि अघि र शुशिल मसँग गफको मेसो लाउदै पछि पछि । साथीहरु गिज्याउँदै थिए - ल ! केटा गरिखा …॥' । सँगसगै फर्कने क्रममा मेरो सम्पर्क नं. माग्या माग्यै गरेपछि 'छैनू' भनेर टारँ । घरछेउ आइपुग्दा पनि फर्कने छाँटकाँट नदेखेपछि 'तिम्रो मोवाइल नं. देउ म फोन गरुँला' भन्न बाध्य भएँ । मैले आफ्नो ब्याकप्याकबाट नोटबुक के निकाल्न मात्र आँटेकी थिएँ चलचित्रको रोमान्टिक हिरो झै खल्तीको डटपेन निकालेर मेरो देब्रे हत्केलामा लेखेर अध्यारोमा बिलिन भएको थियो । यसरी भएको कयौ भेटहरु बिर्सिने हुदोरहेछ । मैले पनि बिर्सिएँ उसलाई । तर जब एकसाँझ मैले शुशिललाई त्यही ठाउँभन्दा पर चिया पसलबाट निस्किएर मेरो सामुन्ने उभिएको पाएँ फेरि बितेका क्षणहरु फ्ल्यासब्याक बनेर आइपुग्यो । अनि सुरु भयो हाम्रो खिचातानी भेटनु र तर्कनुको  पछ्याउनु र भाग्नुको ।  

     अफिसको काम सकेर आइपुगेको थाकेर हैरान मन शरिर विसाएको पनि थिइन हेमको फोन आएको थाहा पाएँ । पुन ः फर्केर उहि बिगतमा पुगे । अचम्म लाग्यो किन हेमको अहमले ओरालो लागेछ । मन खुशी र चोटको दोसाँधमा राखेर फोन गर्न थालेँ । आखिर कुरा उहिँ अर्थ अभावमा आएर अड्कियो । महिनौ अघि टुकि्रएको हाम्रो सम्वन्ध फेरि अभावले जोडिन आइपुग्यो । भाई हस्पिटलको बेडमा दुई दिन पछि अप्रेशन अनि पैसा सापटीमा गएर कुरोले मेसो लाग्यो । जुन अभावले हेमलाई मसँगबाट अर्कोको पोल्टोमा पारेको थियो त्यहीँ अभावले फेरि फर्कायो । हारजितको निकासाबाट त्यही सम्वन्धलाई निष्कर्षमा पुर् याइयो । अप्रेशन भएको रात म हेम सँगै एउटै ओढ्ने ओडेर बेन्चमा बसेकी थिए । थाहा छैन ! उसको स्पर्श प्रेमपूर्ण थियो वा बाध्यताले गाँजेको । दुवै चुपचाप चुपचाप त्यसै वखत उसको मोवाइल बज्यो । अरु कुरा सामान्य भएपनि 'नरिसाउ म भोली फोन गर्छु । मंगलबारसम्म हो अनि सँधै अनलाईनमा रहन्छु ।' बाट थाहा लाग्यो ऊ अर्को पोल्टा रहेछ । भोली पल्ट बिहान जब म हेमसँग चिया पिउन क्यान्टीनमा पुगेँ उसको हातमा पाँच हजार रुपैया राखेर चियाको कप झै रित्तोपना बोकेर फर्किएँ । दिउँसो उसको भाइ डिस्चार्ज भएर कोठा पुगेको खबर पाइपुग्यो एस.एम.एस. बाट । र धन्यवाद पनि मैले गरेको सहयोगको लागि ।

     'धन्यवाद जरुरी छैन । म पनि तिम्रो स्पर्शबाट नाफाबाट नाफामानै रहेको छु । फेरि पनि अफ्ठेरो परे सम्झनुहोला ।' भनेर जवाफ फर्काएँ । एस.एम.एस. गर्दा बखत मेरो पत्रकार साथी अगाडी बसेर खुशी हुँदै थियो । हिजो भर्खर हाम्रो यात्रालाई २१औं डेटिङ्ग भन्दै अर्को साथीलाई गर्वसाथ सुनाउँदै पनि थियो । मोवाइलमा कुराकानी सकिए पछि मतिर ध्यान केन्द्रित गर्दै -  

"आज तिम्रो अनुहार फ्रेस देख्छु नी ! हिजो भन्दा आज खुशी देखिन्छु । के कुरा छ हँ ?"

 "तपाई आज भोली के लेख्दै हुनुहुन्छ" मैले कुरा मोडेँ । सामान्य कुरैकुरामा नै उसले कुरा फुत्कायो कि उपन्यासको लेखाई चलिरहेछ । मैले विषयवस्तु सोधँ औपचारिकतावश । पछि भनौँला भनेर कुरा चपायो । पत्रकार न पर्यो न शत्रुता ठिक न मित्रता नै । मित्रहरुको व्यक्तिगत संवाद पनि बाँकी नराख्ने शत्रुहरुको पिछापनि नछोड्ने ।  भएपनि उ भित्रको मीठास बेग्लै छ । हमेसा हँसाइ राख्छ पिडा कहिल्यै सोध्दैन । थाहा भएर पनि पिडा पोतिएको छ मुखमा र पनि आज किन फ्रेस हँ ! भनि बस्छ । उसलाई के थाहा उसकी उपन्यासकी  यो पात्रले हाँसो झुण्ड्याएर ओठमा बाँचेकी छ । एउटा पात्र बनेर उसलाई पनि आफ्नो सृजनाको पात्र बनाउँदै छ । मेरो पत्रकार साथी पात्रले थाहा नपाओस भनेर आवश्यकता भन्दा बढी अभिनय गर्छ । कहिलेकाँही प्रेम पोखेजस्तो पनि गर्छ । कहिले उपन्यासको लागि वातावरण तयार गर्छ । आज अन्तिम दिन मैले कथा पठाउनु पर्ने । फेसबुकमा सम्पादक मित्रको खुला पत्र आइसक्यो 'सुटुक्क थपेको म्याद पनि सकिन लाग्यो' भनेर । रातभर कथाका लागि आफैलाई अक्षरभरि केरिरहेँ । आँशुसँगै झारीरहँ, आफुलाई अर्को उपन्यासमा पात्र बनाई उभ्याएँ । अरुलाई सम्वन्धलाई कथामा उतारेँ । बिहानको अर्लामसँगै सन्तोषको सास फेरेँ ।  आज कथा लेखिसकियो । एउटा स्रष्टा हुनुको विजयीभाव महशुश गरें । कम्प्यूटर खोलेर फटाफट किबोर्डमा औलाहरुलाई दौडाएँ । मानौ त्यो कथा मैले समयमा नपठाए अर्कोले पठाउनेछ । त्यसपछि इमेलमा अट्याचमेन्ट गरि सम्पादक मित्रलाई पत्र टाइप गरे ।

     "मित्र

     विषयवस्तु थिएन र बेफुर्सदी अलि बढि नै भएकोले ढिलाई हुन गयो । क्षमा चाहन्छु । फेरि पनि मौका दिनुहोला ।" र इमेललाई सेन्ड गरे ।  

हिजो देखि बन्द रहेको मोवाइल स्वीच अन गरेपछि ट्वाकट्वाक मोवाइलमा पेण्डिङ्ग रहेको म्यासेज आइपुगेको घण्टिले जनाऊ दियो । खोलेर हेरे लेखेको रहेछ -  

"पलभर के लिए कोही हमेँ प्यार करले झुठा ही सही |"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |