गजल
विजय कोइराला \'अदिन\', (झापा,नेपाल,हाल: कर्नाटका,भारत)
दुई नाऊमा एक खुट्टा किन राख्छ मान्छे।
असहाय र अवलालाई किन ताक्छ मान्छे।
खराब यो जमाना गिद्धे नजर सबको।
हरेक दिन फरक मन किन चाख्छ मान्छे।
असुरक्षित समय यो कसरी बाँच्ने नारी।
दिनदिनै आफ्नो गल्ती किन ढाक्छ मान्छे।
कोमल शरीर कोमल मन आँखा वरिपरि।
पलपल आफ्नो सीमा किन नाघ्छ मान्छे।
सोच खोइ?विचार खोइ?पशुरुपि मन।
जहिलै आफ्नो बाटोबाट किन भाग्छ मान्छे।