हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशै शुभकामना

बिकाश बिष्ट, (न्यू योर्क)

नेता नेतामा सिमित नरही राजनेता बनुन ।
जनता रैतिको संस्कारबाट नागरिक बनुन ।
न्यायधिश मुर्ती होईन आशाको केन्द्र बनुन ।
प्रहरी सबको समस्या होईन सबको हरि बनुन ।

सेना शासक होईन असली देश रक्षक बनुन । 
राष्ट्र सेबक भ्रष्ट होईन जनताको श्रेष्ठ नोकर बनुन ।
शिक्षक पार्टीको कारिन्दा होईन चेतनाको ज्योति बनुन । 
बिद्यार्थी राजनीतिको हतियार होईन अशल शिष्य बनुन ।

श्रमिक सडकको साँढे नबनी निमेकको प्रतिक बनुन । 
किसान भोटको बैंक नबनी अन्नको भकारी बनुन ।
ब्यापारी कालो बजारी नबनी अर्थको मेरुदण्ड बनुन । 
परदेशिएकाहरु बिरानो नबनी देशको दुत बनिरहुन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |