गजल
दिपक जडित, (अलास्का)
गाउँछ किन जिन्दगीले भात र दालको महिमा ।
अझ त्यसकै अभावले ल्याउने कालको महिमा ।
जवान वृद्ध या बालखै होस् उमेरको मजा त छ,
चीना खोली गाउनु किन महिना सालको महिमा ।
सबले देख्छन सुकिलो मैलो, पानीमा चोबलिँदा,
किन हो त गाउनै पर्ने आफ्नो आहालको महिमा ।
छ यहिँ यो चम्किलो दिन यहिँ नै छ ग्रहण पनि,
किन छोड्थे र भाग्यवादी , गर्छन् कपालको महिमा ।
नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा ।