नयाँबर्ष एक आव्हान
विध्या सापकोटा, (हालः शंकरदेव कलेज काठमाण्डौं)
कहिले सालिक झैं
निर्जिव निर्जिव
कहिले तुफान झैं
भयङ्कर सुनामीजन्य
कहिले तलाउ झै
शान्त शान्त
……………
दुर्दशा/भाग्यका विगुलहरु
फुक्दै फलाक्दै
चुम्दै लत्याउँदै
तान्दै घिसार्दै
एक शैशव आयो
छायो
अनि
फेरी गयो--बुढ्यौली बिसाएर ॥
सपनाका क्यानभासहरु
कतै असरल्ल
गन्तब्यलक्षित पथहरु
कति घरापमा
भोगाइका धर्साहरु
कताकता ………
अन्ततः
परस्पर हेराइवीच
एक अन्तराल………………। ॥
सायद !
आगमन र विदाइ एक क्रम
ला…यो साल पनि केही भएन
भोगाइ र अपशोच एक लय
…………………………
तर मलाई लाग्छ
आउदैं गरेको बैशालु दिन/परिवेशसँगै
निरन्तरको यो लय/क्रमबद्धता भङ्ग गरिनुपर्छ
एक विहानलाई हातभरी लिएर
अवको बाटो आफै खोजिनुपर्छ
एक साँझलाई मुठीभरी अघाएर
सबैले एक बास बस्न सक्नुपर्छ
कोइलीको धून कानभरी संगालेर
आवाजविहीनहरुकॊ बोली बोलिनुपर्छ
ङिच्च हाँसो हास्नु हास्यौं
अव सभ्यताको गमला मुस्कुराउनुपर्छ
अँध्यारा आभासले सदैव खोजेका
उज्यालाहरु लिएर अव त हामी बाँच्नुपर्छ ॥