हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ऋण

हरि घमिरे, (भर्जिनिया)


म घरमा आएँ
पत्नीलाई सोधें-
"खाना पाक्यो?"
पत्नीले सुमधुर जबाफ दिई-"पाक्यो"
"ऋण तिर्यौ त?"
पत्नीले भनी-"तिरें"
"ऋण बोकायौ त"
पत्नीले भनी-"बोकाएँ"
मैले भनें-"त्यसो भए पस्क"
अब म ऋण खाँदैछु
अथवा असुलेको ऋण खाँदैछु
खाएको ऋण पनि तिर्दैछु
कमाएको सम्पत्तिको पनि
ऋण बोकाउँदैछु
मेरा बाबु-आमा-
म सक्छु सक्तिन थाहा छैन
तर सावा-ब्याज बुझाउँदैछु
मलाई तमसुक-केही चाहिदैन
वकिल पनि चाहिदैन
जसको जति खाएको छु
तिर्दै जान्छु
बाँकी रहेको अर्को वर्षमा बुझाउँछु
मेरा छोराछोरी-
ऋण पनि बोकाउँदै छु
उनीहरुले तिर्छन्-तिर्दैनन् त्यो पनि थाहा छैन
मैले पनि वकिल-तमसुक केही राखेको छैन
एउटै साक्षी ईश्वर छन्, अविश्वास गर्ने ठाउँ छैन।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |