उज्यालो
होम बहादुर क्षेत्री, (कुवेत)
दियोको उज्यालोमा
सास फेर्नेहरु
एक खेप सलाम गर उस्लाई
जस्ले ज्योतिको आविष्कार गर्यो
नतमस्तक भै देउ एक खेप
त्यस माचिसको तिलीप्रति
जस्ले घिस्सीएर ज्योतिको मुहान बनायो
तिम्रालागि
एक पल्ट धन्यवाद देऊ
त्यस खिनौटे हात लाई
जसको कलात्मक जादुले
पाला बन्यो
सम्झीदेउ एक बार
त्यस कपासको सलेदोलाई
जो जल्दछ तिम्रालागि
याद गरिदेउ एक खेप त्यस तिललाई
जुन पिस्सिएर तेल बन्दछ
तिम्रालागि
ज्योति उमार्न
जुन उज्यालो तिम्रो संघारमा लुकामारी खेल्छ
त्यस्को सानो हकदार
अँध्यारोको त्यो घुम्टो पनि हो
जुन दियोमुनि
लम्पसार छ मौन |