हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रतिक्षा

नरबहादुर दाहाल, (दार्जीलिङ)


कहिँ पऩि
, कतै पनि,

जबसम्म आउँदैनौ तिमी,

फैलिँदैन त्यहाँ कुनै रोशनी ।

तिमी आउँदा,

छर्दै आउँछौ ,

जूनको चाँदनी । 

 

तिमी आउँदा,

झर्छ रगंविरंगी इन्द्रेणी ।

तिमी बटुल्दै आउँछौ,

माया हृदय भरि ।

यसैले

तिम्रै प्रतिक्षामा छु म हरघड़ी।

 

जहिले पनि,

तिमी बिना म अपूर्ण छु ।

जहिले पनि

तिमी बिना म अतृप्त छु ।

अहिले पनि

तिमी बिना म उद्विग्न छु ।

 

यसैले

मन त शीथिल छँदैछ

मुहार पनि छ मलीन ।

मनमनै भन्छ शीथिल मनले

प्रिये,

कति लामो भएको  नि-

यो दिन !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |