हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मदन पुरस्कार वितरण- संस्मरण-संक्षेप,(कमल दीक्षित)


वासु
श्रेष्ठले मलाई सोध्नुभयो तपाई कसरी मदन पुरस्कारलाई विवाद-रहित बनाउन सफल हुनुभएको ? भनेर मलाई अचम्म लाग्यो कहाँ भएको मदन पुरस्कार विवाद-रहित? हरेक वर्ष कति गालि खानुपर्छ ! हो, हरेक साल केही प्रशंसा पनि हुन्छ त्यसैले छ्वाय फ्वाय मिलाउंदा अर्थात् याभरेजमा गाली तारिफ उस्तै  हुन्छ भनौं ! यसैलाई वासुजीले भनेजस्तो विवाद-रहित मानिदिए ठिकै त्यसो भए, यो कसरी हुन सक्यो मैले बताउनु पर्ने भयो त्यही कोशिश गर्नेछु

पहिलो कुरा मदन पुरस्कार कुनै पनि एक जनाको इच्छाले दिन सकिंदैन पचास वर्षदेखि आएको यसको परम्परा खारिंदै, सुधारिंदै आएको यसको चयन-प्रकृया त्यसो हुंदा यो कितापलाई पुरस्कार दिलाइछाड्छु भनेर कुनै सदस्य या परीक्षकले भन्न सक्तैन त्यस्तो प्रयास गर्यो भने असफल हुन्छ मैले यहाँ सदस्य परीक्षक भनेर भिन्नाभिन्नै नाम लिएँ, त्यो किनभने मदन पुरस्कारमा ती दुई थरी अलग इकाई हुन् सदस्य भनेका गुठीका सदस्य जसले सामूहिक निर्णय लिन्छन् परीक्षक भनेका खाश-खाश पुस्तक पढ्ने, परीक्षण गर्ने सिफारिस गर्ने व्यक्ति हुन्छन् परीक्षकले पारिश्रमिक पाउंछन्, सदस्य अवैतनिक हुन्छन्, स्वयम् सेवक जस्तो परीक्षकले गरेको निर्क्यौल मान्न सदस्यहरू वाध्य छैनन् तर परीक्षक भनेका विशेषज्ञ हुन्छन्, सदस्यहरू सामान्य व्यक्ति यी दुईको केमिष्ट्री फरक फरक हुन सक्छ यी दुबै थरिको सन्तुलनले गर्दा नै यो पुरस्कार यतिसम्म विवादमुक्त हुन सकेको हो कि ? वासुजी, यसै भन्न सक्तिन

      विवादयुक्त या मुक्त हुने कुरालाई यही छाडेर अब वासुजीको दोस्रो जिज्ञासातिर लाग्छु मदन पुरस्कार दिंदाको अनुभव सोध्नुभएको उहाँले- कुन वर्षको पुरस्कार दिंदा सबभन्दा सजिलो भो अनि कुन वर्ष सबभन्दा गार्हो भनूँ भने सबभन्दा गाह्रो वर्ष हामीलाई २०३१ २०३३ साल भए किनभने ती दुई वर्ष कसैलाई मदन पुरस्कार दिइएन ! गुठीको नियमै त्यस्तो थियो कुनै वर्ष सर्वश्रेष्ठ हुने पुस्तक पाइएन भने पुरस्कार दिनु हुदैंन गुठीको नियमावलीको सर्वश्रेष्ठ हुने परिभाषा अलि अलग 'सर्वश्रेष्ठ' हुनलाई त्यस कितापले त्यही वर्षका अरूलाई जित्नै पर्छ तर त्यसभन्दा माथि त्यस पुस्तकले नेपाली भाषा वाङ्मयमा नयाँ महत्वपूर्ण कुरा प्रदान गरी भाषाको भण्डारलाई समृद्ध तुल्याएको समेत हुनुपर्छ यसै भन्छ .पु.गुठीको नियमावलीले बढो कठिन शर्त हो यो ती दुई वर्ष कुनै पनि कृति पुरस्कृत गर्न नसक्दा गुठीले यति धेरै विरोध भोग्यो त्यसपछि दुर्दुहाई ! जे होस्, राम्रो मध्येबाट एउटा कितापलाई छनौट गर्ने गरेको गुठीले

      कुन वर्ष भयो सरल या सजिलो भन्ने पनि प्रश्न थियो वासुजीको पुरस्कारको छनौट सजिलो कुनै वर्ष पनि हुदैंन गुठीको सबै प्रकृया पूरा नगरी पुरस्कार पाउने पुस्तक चयन हुन सक्तैन। प्रकृयाको अन्तिम विन्दु भनेको गुठीको साधारण सभा हो सबै सदस्य (१४-१५ जना) जम्मा भएको बैठकले पुरस्कारको टुंगो लगाउंछ परीक्षकहरूको शिफारिस या उपसमितिहरूको निर्क्यौल सबै त्यो साधारण सभाले उल्टाउन सक्छ उल्टाएको पटक पटक कुन कुन वर्ष त्यस्तो भयो मैले भन्न मिल्दैन तर भएको   / पटक यो ५० वर्षमा तर चयन-प्रक्रिया एकनासे, अनिवार्य लामो भए पनि, त्यसलाई अपठेरो भन्न सक्तिनं किनभने यत्तिका वर्ष अभ्यास गर्दागर्दा त्यो सबै सरल लाग्न थालेको   मलाई राम्ररी तेल, ग्रीज हालेको मेसीन आवाजै नगरी चलेजस्तै लाग्छ यो प्रक्रिया अब !

       मदन पुरस्कारबाट आजसम्म जम्माजम्मी ६७  ओटा पुस्तक (ग्रन्थ भन्छौं हामी गुठीमा) पुरस्कृत भएछन् त्यसका लागि ६५ जना विद्वान् हरू सम्मानित भएछन् यो पुस्तक मान्छेको संख्या नमिलेको कारण चाहि कुनै पुस्तक संयुक्त लेखनका पनि भएर हो। ती ६७ ओटै पुस्तक पुरस्कृत हुँदा मलाई उत्तिकै सन्तोष या खुसी लागेको थियो भन्न चाहीं सक्तिनं किनभने, जतिसुकै निस्प्रिह, निरपेक्ष रहे पनि मान्छेको रुचि भन्ने कुरा सितिमिति मर्दैन आफूलाई मन परेको किताप पुरस्कृत हुन् भन्ने चाहना जसको पनि हुन्छ मेरो पनि हुन्छ नै तर त्यस्ता किताप छनौटमा नपर्दा चित्त दुख्छ मेरो पनि त्यस्तो भएको यदाकदा कुन कुन  पुस्तक हुन् भन्दिनं। तर आफूले गर्न सक्ने केही हुदैन त्यस्तोमा पनि वासुजी, त्यसैले यो प्रसङ्गलाई यत्तिमै छाड्छु

      मदन पुरस्कारबारे अरू के भनूँ ? बरू पुरस्कार जगदम्बाश्री-बारे केही बताऊँ कि क्या ! मदन पुरस्कार गुठी स्थापना गर्ने रानी जगदम्बाको २०४५ सालमा स्वर्गवास भयो उहाँ स्वर्गे भएपछि गुठीका अध्यक्ष हुनुभयो मेरो पिताजी केदारमणि .दी. मैले पिताजीलाई भने-जर्साब (मदन शमशेर)कै सरहको एउटा पुरस्कार रानीसाहेबको नाममा पनि राख्नुपर्यो- भनेर पिताजीले एक वाक्यको जवाफ दिनुभयो- पैसा काँबाट ल्याउछस्? कुरो ठीक थियो अर्को पुरस्कार गुठीको मौजुदा आमदानीबाट दिन सकिदैंनथ्यो, पैसै पुग्दैनथ्यो गुठीको सचिव, मैले त्यो वुझ्नुपर्ने थियो तर भावुकतावस मैले त्यो बिर्सेको रहेछु मैले त्यसपछि रानीसाहेबको नाममा पुरस्कार थप्न गर्नु कोशिस गरें तर  पैसो कतैबाट झरेन ! अनि मैले निर्णय गरें थप्छु पैसा आफ्नै तर्फबाट भन्ने मैले अठोट गरें पिताजीलाई भनें मेरो निजी आर्थिक स्थिति थाहा थियो पिताजीलाई तर उहाँले केही आपत्ति गर्नुभएन। अनि, रानीसाहेबको ४५ दिनको अवसरमा हामीले, भन्नाले गुठीले, जगदम्बा-श्रीको घोषणा गर्यो ११ लाख रूपियाँ गुठीको मूलधनको अक्षयकोष थपियो  अनि विधिवत् जगदम्बा-श्री दिन थालियो मदन पुरस्कार कृतिलाई दिइन्थ्यो, जगदम्बा-श्री भने व्यक्तिलाई दिइने भयो नेपाली भाषको सेवाका लागि जुन विधाबाट, जसरी भए पनि, नेपाली भाषाको उल्लेख्य सेवा गर्नेलाई यो पुरस्कार दिइन्छ २०४५ सालको पहिलो जगदम्बा-श्री दिइयो नारायण गोपाललाई गलाका माध्यमबाट नेपाली भाषाको अतुलनीय सेवा गरेको भनेर नारायणजी जगदम्बा-श्री द्वारा सम्मानित हुनुभयो

      मदन पुरस्कारका बारेमा मैले भन्न सक्ने कुरा यिनै हुन् तर जांदाजांदै यस वर्षको पुरस्कारका बारेमा केही भनिहाल्न मन लाग्यो यस वर्ष अर्थात् २०६६ सालको पुरस्कार जगदम्बा-श्री जनकपुरका डा. राजेन्द्र विमललाई दिइयो, अनि  मदन पुरस्कार पायो नेपालको बालीनालीको नालीबेली केलाइएको एउटा वृहद् ग्रन्थले ! यसका लेखक बैतडीका नरबहादुर साउँद। साउँदजी २० वर्षदेखि ह्वील चेयरका सहाराले बाँचिरहेका रहेछन् हामीलाई थाहा थिएन हजार पृष्ठको त्यत्रो ठूलो किताप उनले ओछ्यान मै बसेर लेखिसकेका रहेछन्। सबै त्यो थाहापाउंदा हामी सबैलाई उनीमाथिको श्रद्धा झन् बढ्यो

      यसपटकको पुरस्कारको चयनमा हामीले खूव धन्यवाद खान पायौं ।खुशी लागेको छ।

यही नै हो पुरस्कारहरूको बारेमा मेरो संस्मरण-संक्षेप !

 

२४ असोज २०६७  

Comments

Ghanashyam Sharma

Thanks Kamalmani Sir Yo patak ma pani sachhai Khusi vaeko chhu.Madanpuraskar guthi Dhaneybadko patra chha Madan Puraskar ko nimti. 
your\'s 
Ghanashyam Sharma

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |