हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

डायरीमा साउथ अफ्रिकाको छोटो यात्रा,(बिनोद खड्का)


जहाजले आन्ध्र महासागरलाई च्वाप्प चुमेर फनक्क दाहिने फन्को मार्दा साउथ अफ्रिकाको केप टावनको अन्र्तराष्ट्र्यि विमानस्थल हाम्रो जहाजको सामुन्ने देखा परेको थियो । लामो यात्रा पछिको यो गनतव्य हाम्रो खुसीको प्रतिक थियो । साँझको आठ बज्नै लाग्दाको केप टावन शहर बिजुली बत्तीको उज्यालोमा डुबिसकेको थियो । साउथ अफ्रिकाकै अर्को शहर जोहानेसबर्गको अन्र्तराष्ट्र्यि विमानस्थलबाट उडेको करिवन पौने दूई घण्टामा यो विशालकाय जेट विमान बोईग ७७७ केप टाउन विमानस्थलमा अवतरण गर्ने तर्खर गर्दै थियो । जोहानेसवर्गवाट उडेपछि हाम्रा कौतुहल आँखाहरु तलतलसम्म निहालिरहेको देखेर होला जोहानेसवर्गवाट उडेको करिवन एक घण्टामा एक भारतिय विमान परिचारिकाले हामीलाई जहाजको खाली रहेका दायापटिृको कुनै पनि सिटमा बस्न सुझाव दिएकि थिईन । उनको मतलब थियो कि त्यहाँबाट हामीले सायद साउथ अफ्रिकाका केही सून्दर द्धष्यहरु देख्न सकथ्यौ होला । हामीले त्यसै गर्यौ । नभन्दै जहाजको दायाँ पटिृबाट हामीले सूर्यास्तको सून्दर द्धष्यहरु देख्ने मौका पायौ । त्यसपछि क्रमश देखिदै गरेका लामा ढुंगे चटृानहरु झै देखिने पहाडहरु हाम्रा पर्यटकिय नजरमा सून्दर महशुस हुनथ्यो । सायद साउथ अफ्रिकाबासीका लागी ती उत्पादनहिन पहाडहरु अभिसाप पनि हुन सक्छन ।

केप टावनतर्फको यात्रा शुरु गर्नुभन्दा पहिले हामीहरु साउथ अफ्रिकाको जोहानेसवर्ग विमानस्थलमा छोटो विश्रामका लागी रोकिएका थियौं । जोहानेसबर्ग विमानस्थल साह्ै विशाल देखिनथ्यो र त्यहाँ धावनमार्गहरु पनि धेरै न भए झै देखिनथ्यो । सायद फिफाको गएको  विश्वकप फुटबल प्रतियोगिताका लागी विमानस्थलको पनि विस्तार गरिएको थियो होला । विमानस्थलमा उत्रदा मैले नेल्सन मण्डेलालाई सम्झिए अनि उनको तत्कालिन साउथ अफ्रिका सरकारको रंगभेदवादी शासनसत्ता विरुद्धको अनवरत दशकौ लामो आन्दोलन पनि सम्झिए । अनि त्यहाँका काला जनताका विजय पनि सम्झिए । निश्चय पनि यो महान विजय थियो त्यहाँका काला जनताहरुको । अनि मैले सम्झे संसारको त्यो पहिलो जेट जहाज कमेट जसलाई बि ओ ए सी (हालको ब्रिटिस एयरवेज) ले लण्डनको हिथ्रो बिमानस्थलदेखि जोहानेसवर्गसम्म उडान भराएको थियो । हवाई क्षेत्रमा यो त्यस्तो ईतिहास बोकेको विमानस्थल थियो जहाँ पहिलो कमर्सियल जेट उडानले अवतरण गरेको थियो । यद्यपी एउटा दूखद दूर्घटनापछि कमेट जहाज श्रृखला बन्द भएको थियो ।


बिहानको उज्यालोमा होटलको आठ तल्लाबाट हेर्दा केप टावनको शहर सून्दरताका सवालमा जो कोहीको पर्यटकिय नजरलाई खिच्न पछि परेको देखिदैनथ्यो । चिटिक्क र चिप्ला कालेपत्रे सडकहरु, सून्दर र विशालकाय भवनहरु अनि पर पर देखिने शहर र बस्तीका पहरेदार विशाल पहाडहरु र अर्को तर्फ झितिज नै नभेटिने समून्द्री सागर । अहाँ असाध्यै रमाईलो देखिनथ्यो बिहानीका यी सून्दर द्धष्यहरु । मौसमको हिसाबले पनि यो रमाईलो यात्रा थियो । हाम्रो क्षेत्रमा गर्मी मौसम तर यहाँ जाडो वा हिँउद हुने अर्को रमाईलो संयोग पनि यहाँ जोडिएको थियो । पृथ्वीका दूई विपरित धु्रवको रमाइलो भिन्नता । आजभोली सजिलो छ पहिले नै ईन्टरनेट मार्फत आफु जाने ठाँउको मौसम जानकारी लियो अनि त्यही अनुसारको यात्रा तयारी गर्यो । त्यसैले मौसमका हिसाबले यात्रा त्यति कठीन हुँदैन ।

होटेलले दिएको सानो कार्डमा सूरक्षा सम्बन्धी सर्तकताका बारेमा बताईएको थियो । अनौठो थियो सूचना, अँध्यारो परेको ठाँउमा तथा सुनसान ठाँउहरुमा या एकान्तमा नहिड्नु, अबेर गरेर बाहिर नघुम्नु, ढिला नहिड्नु अपरिचितसंग नबोल्नु । मैले अहिलेसम्म बसेका दर्जनभन्दा बढी होटेलहरुमध्येमा मैले देखेको यसप्रकारको सूरक्षा सूचना पहिलो थियो । निश्चय पनि होटेल प्रशासन आफ्ना पाहुनाहरुका लागी निकै चनाखो देखिनथ्यो । यात्राको शुरुवातमा नै मेरो हातको औलामा औठी देखेर आश्चर्य मानेको मेरो सहयात्री मित्रले किन औठी लगाएर आएको भन्दा अनौठो माँन्नु पर्ने कारण थिएन किनभने उ यसभँन्दा पहिले नै साउथ अफ्रिकाको अर्को शहरमा महिनौ विताएर आएको मान्छे थियो तर मलाई भने औठी फुकाल्न मन नै लागेन । मैले न त औठी खोले न त मेरो घाँटीमा झुण्एिको सिक्री  नै । भन्छन साउथ अफ्रिकामा राती अबेर गरेर गाडी चलाउनेहरुले यदि ट्रफिक सिग्नलमा एक्लै छ भने रातो बत्तिमा नै पनि अगाडी जान सक्छ रे । तर यी सबै कुराहरु भन्दा फरक हाम्रा एयरपोर्ट मेनेजरले हामीलाई एयरपोर्टमा नै भनेका थिए कि असुरक्षा सम्बन्धी जतिसुकै अफवाह फैलाइए पनि यो केप टावन शहरमा सूरक्षाको सवालमा त्यस्तो केही समस्या छैन जो कोही निर्धक्कसंग घुम्न डुल्न सक्छ । यी सबैसंग मेल खाने तर अलि फरक कुरा हाम्रा फिर्ती यात्राका कार चालकले भनेका थिए कि केप टावन सूरक्षित शहर हो तर सबैभन्दा खराव शहर हो डर्बान अनि त्यसपछि जोहानेसवर्ग । तर ती कारचालकको आफ्नै नागरिकहरु प्रतिको एउटा असन्तुष्टी उनले हामी समक्ष बताएका थिए कि साउथ अफ्रिकामा मान्छेहरु आफ्नो देशप्रति भन्दा पनि आफनोे शहरप्रति गर्व गर्छन । यस अर्थमा उनको अरु शहरप्रतिको सूरक्षा अवस्थाको निष्कर्ष सही नहुन सक्ने प्रशस्त सम्भावना थियो । तर जे जस्तो यथार्थ भएपनि एउटा टडकारो यथार्थ के हो भने साउथ अफ्रिकाका बहुसंख्यक काला जनताहरुले रंगभेदवाट त छुटकारा त पाए तर आर्थिक विपन्नताका सवालमा सायद उनीहरु पछि नै परे हुन । तीनैका गरिबी र दूखसंग गाँसिएको होला तीनिहरु विरुद्धका अनेक अफवाहहरु हैन भने छिटपुट लुटपाटका घटनाहरु त सामान्यतया हरेक देशमा घटिरहने नै गर्छन । तर जे होस राजनैतिक परिवर्तनसंगै जनताका आर्थिक, सामाजिक, शैक्षिक सास्कृतिक उत्थान हुनु पनि उत्तिक जरुरी छ भँन्ने मेरो व्यक्तिगत धारणा हो ।

केप टावन शहरवाट विमानस्थलतिर फर्कदा सडकका एउटा छेउमा झुपडपटिृ वा गरिबहरुका टहराहरु देखिन्थे जो लामो क्षेत्रसम्म फैलिएको थियो । सहयात्री कल्याणले आफ्नो देशको मूम्बईको झुपडपटिृको याद गरेछ अनि उसले सबैलाई बतायो । मैले पनि आफ्नो देशको याद गरे तर मूख खोलिन । मलाई आफनै आंग कन्ँयाएर आफ्नो धुलो झार्नु पनि थिएन । कार चालक भन्दै थियो यो शहरको सबैभन्दा खराब क्षेत्र हो र यहाँ सबै कालाजातीका मान्छेहरु बस्छन । यद्यपी आज पनि कालाहरुकै सर्मथन पाउने राजनैतिक पार्टीले चुनाव जीत्ने गर्छ अर्थात कालाहरुले भोट दिने राजनैतिक पार्टीले यहाँ चुनाव जित्ने गर्छ । तर दूर्भाग्य यहाँका झुपडपटृीहरुमा तीनै काला भेटिन्छन रे अनि बेरोजगारीमा पनि तीनकै नाम पहिला रे त्यतिमात्रै होईन ठूला पदहरुमा ती कालाहरु कमै भेटिन्छन रे ।

आगामी केही समयमा नै हुन गईरहेको चुनावका लागी यीनै झुपडपटिृ वा गरिबहरुका टहराहरुका वरपर टाँसिएका भोट माग्दै गरेका ठूला पार्टीका पोष्टरहरु र तीनै केही पोष्टरहरुमा देखिने तीनै महान नेता नेल्सन मण्डेलाका तस्विरहरु आफैमा टीठ लाग्दो देखिनथ्यो । थाहा छैन ती पोष्टर टाँग्नेहरुले तीनै नेताका तस्विरहरु टाँगेर आफ्नो दुनो सोझाई रहन्छन वा गरीबीका पीडाहरुले छटपटाईरहेका ती झुपडपटिृहरुमा सूखका नयाँ बिहानी पुर्याईदिन्छन र चोरी र लुटका अफवाहमा बदनाम साउथ अफ्रिकीलाई नयाँ रुपान्तरण गरिदिन्छन । त्यसो त आफ्नै अनुहारलाई ऐनामा हेर्दा हाम्रै देशमा पनि के फरक भेटिन्छ र । राजनैतिक पार्टीका नेताहरु र तीनका पार्टीहरुका कार्यशैली र देशका दूरावस्थाका कुरा गर्दा हाम्रो देशमा पनि लाज छोप्न सकिने के नै पो छ र । नेताहरुले पटक पटक भन्ने गरेका राजनैतिक उपलब्धीहरु केवल तीनिहरु र तीनका आफन्त वा नगिचकाहरुलाई भन्दा अन्य सर्वसाधारणहरुका लागी के मानेमा उपलब्धिपुर्ण हुन सकेको छ र । झुपडपटिृ र गरिबहरुका टहराहरुका वेदनाहरु तीनै हुन, लुट हत्या अपहरण जस्ता अपराधिकरण तीनै हुन, अभाव र महंगीका सवालहरु तीनै हुन जो अस्ती थिए, हिजो थिए, आज पनि छन अफै बढ्दैछन र के थाहा ती यथार्थमा सुधारिएलान नै । तर नेताहरुका कार्यशैलीले त त्यस्तो आशा गर्न सकिने संकेत केही देखाउदैनन ।

त्यो राजनैतिक परिवर्तन जसले त्यहाँका आम जनताहरुका आर्थिक रुपान्तरणका सवालहरुलाई सम्बोधन गर्न सक्दैन र ती आर्थिक विकास जसले  त्यहाँका आम जनताहरुका राजनैतिक परिवर्तनका चाहनाहरुलाई सम्बोधन गर्न सक्दैनन भने ती सबै बेकार हुन वा अर्थहिन हुन भन्ने कुरा त विश्वमा आएको वर्तमानका आन्दोलनहरुले देखाईसकेका छन । नयाँ नेतृत्वहरुले यदि जनताका भावनाहरुलाई आत्मसात गरेर अगाडी बढ्न सकेनन भने ढिला चाँढो ती पनि जनताका कठघराहरुमा उभ्याईनेछन । ईतिहास र वर्तमानहरु यस्तै भन्दैछन ।

तर एउटा कुरा, साउथ अफ्रिकाको मेरो यो सानो यात्रामा न त मेरो औठी लुटियो न त कसैले मलाई लुट्ने आँखाहरुले नै हेरे । मलाई त सबै उस्तै लागे उस्तै मित्रवत ।


९ देखि ११ मे २०११, केप टावन, साउथ अफ्रिका

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |