हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली साहित्यको अंग्रेजी भाषामा वेब साइट,(खसखस सम्वाददाता )


४ डिसेम्बर, लन्डननेपाली वाङ्मयको अन्तर्राष्ट्रिय स्तरबाट प्रचार प्रसार र विस्तार गर्ने उद्येश्यले संचालन गरिएको समकालीन साहित्य डट कमले आफ्नो अनलाइन अंग्रेजी संस्करण http://en.samakalinsahitya.com/index.php पनि सुरुवात गरेको छ । नियमितरुपमा विगत पाँच वर्षदेखि कृष्ण बजगाईंले बेल्जियमबाट संचालन गरेको नेपाली भाषाको वेबसाइट उनी बेलायत बसाई सरे पछि लण्डनबाट अंग्रेजी भाषामा पनि संचालन गरेका हुन् । अंग्रेजीमा लेख्ने नेपाली मूलका लेखक तथा अंग्रेजीमा अनुवाद गर्ने नेपाली लेखकका रचनाहरु मात्र प्रकाशन गर्ने र नेपाली भाषाका प्रसिद्ध कृतिहरु अंग्रेजीमा अनुवाद गराउने योजना रहेको कुरा समाचारमा जनाइएको छ । 
समकालीन साहित्य डट कम को दुबै वेब साइट ई–नेपाल मिडियाका  अनिश भट्टराईले निर्माण गरेका हुन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |