आठौँ कोठे कविता गोष्ठि सम्पन्न ,(खसखस डट कम )
कोठे कविता गोष्ठीको आठौँ शृंखला आज गोष्ठीका सदस्य प्रकाश नेपालको फल्स चर्च, भर्जिनिया स्थित निवासमा आज फेब्रुअरी ११, २०१२ का दिन सम्पन्न भयो | सो गोष्ठीमा क्रमैसंग प्रकाश नेपाल, मोहन जोशी, आनन्द शर्मा, होमनाथ सुबेदी, गोपाल रेग्मी, शरद निरोला, प्रेम संग्रौला, नारायण अधिकारी, मंजु निरोला, कपिल सिटौला, गोविन्द गिरि प्रेरणा, सुदिप भद्र खनाल, शारदा खाती, रबिन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, इशान विश्वकर्मा, बासु श्रेष्ठ तथा हेमन्त श्रेष्ठले कविता पाठ गरेका थिए | प्रत्यकको कविता वाचन पछि वाचित कविताप्रति टिप्पणी पनि गरिएको थियो | यसै गरि दोश्रो चरणमा पनि कतिपयले कविता वाचन गरेका थिए |
गोष्ठी शुरु हुनु भन्दा पहिले र गोष्ठी पछि स्वादिष्ट भोजन तथा चमेनाको व्यवस्था पनि गरिएको थियो | आयोजक प्रकाश नेपाल तथा शारदा खातीलाई आयोजना र आथित्यको लागि धन्यवाद प्रदान गरियो |
यसैगरि नवौं शृंखला मेरिल्याण्डको इन्डियन... हेड स्थित घरमा मार्च ३१, २०१२ का दिन गोष्ठीका सदस्य कपिल सिटौलाले आयोजना गर्ने निर्णय गर्नु भएको छ |
फोटोमा:
पछिल्लो लहरको बायाँबाट उभिनेमा: शरद निरोला, गोपाल रेग्मी, हेमन्त श्रेष्ठ, कपिल सिटौला |
दोश्रो लहर (मेचमा बस्नेहरु): रजनी श्रेष्ठ, रजनी जोशी, आनन्द शर्मा, मोहन जोशी, होमनाथ सुबेदी, बासु श्रेष्ठ, सुदिपभद्र खनाल, रबिन्द्र श्रेष्ठ, मंजु निरोला |
अघिल्लो लहर बस्नेहरुमा: प्रकाश नेपाल, अलिसा विश्वकर्मा, इशान विश्वकर्मा, नारायण अधिकारी, शारदा खाती, साबित्री बराल |