हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कबि गोष्ठी साहित्य संगम कार्यक्रम सम्पन्न",(खसखस प्रतिनिधि )

"अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा संचालित नियमित कबि गोष्ठी साहित्य संगम कार्यक्रम सफलता पुर्वक सम्पन्न"
 
आचार्य प्रभा/डेन्वर(कोलोराडो)
 
फेब्रुवरी २५ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबार हुने कबि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो । कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम बिश्वकर्माद्वारा संचालित उक्त कबि गोष्ठीमा (बिभिन्न कबि /कबयित्रीहरूले)आ -आफ्ना रचनाहरू पाठ गर्नु हुनेहरुमा हिरण्य भोजपुरे,डा. बिजयराज शर्मा,प्रमिला शर्मा,गायीका उर्मिला श्रेष्ठ,निर्मल प्याकुरेल,मीना पौडेल,नातीबाबु भट्ट,आचार्य प्रभा,भुपेन्द्र महत,हरी अधिकारी हुनुहुन्थ्यो भने गायक मनोजकाजी तुलाधरले राष्ट्रप्रेमले ओत्प्रोत भएको गीत " जहाँ छन् बुद्धका आँखा" र नारायण गोपालले गाउँनु भएको "तिम्रो जस्तो मुटु मेरो पनि" बोलको गीत सुमधुर आवाजमा गाएर केहि पलकोलागी साहित्यमय वातावरणलाई संगीतमय बनाएर सबैलाई मुग्ध बनाउँनु भएको थियो ।
गजलकार मनु ब्राजाकीज्यु अस्वस्थ्यताको कारणले उपस्थित हुन नसक्नु भएपनि वहाँले यो कार्यक्रमलाई सदा झैँ माया गर्नु भएर दुई शब्दरुपी उपहार र आफ्ना दुईवटा गजलहरू प्रेषित गर्नु भएको थियो । यसरी कोलोराडो च्याप्टरद्वारा संचालन हुने साहित्य संगम कार्यक्रम यो पटक पनि सफलतापुर्वक सम्पन्न गरियो । उक्त कार्यक्रममा साहित्यानुरागीहरू प्रसन्नराज मोक्तान,रमिता तुलाधार,दिनेशले बडो धैर्यताको साथ सबैका रचनाहरू श्रवण गर्नु भएकोथियो । कार्यक्रमको अन्त्यमा उक्त कबिगोष्ठी कार्यक्रम आयोजना गरिदिनु भएर मनोजकाजी तुलाधर र रमिता तुलाधरले कोलोराडो च्याप्टरलाई अनुगृहित बनाउनु भएकोमा वहाँहरूलाई धन्यबाद ज्ञापन गर्नु हुँदै कोलोराडो च्याप्टरका अध्यक्ष पदम बिश्वकर्माले आफ्नो एउटा कबिता बाचन गर्नु भएको थियो । यसरी प्रत्येक महिनाको अन्तिम शनिबार कोलोराडो शहरको कुनै एक कुना नेपाली साहित्यमा रमाउने गर्दछ ।          

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |