हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दिनेश अधिकारीको \'संवेदनाके स्वर\' प्रकाशित ,(खसखस संवाददाता)



कवि/गीतकार तथा मदन पुरस्कार र साझा पुरस्कार विजेता दिनेश अधिकारीको हिन्दीमा पहिलो पटक 'संवेदनाके स्वर' कविता सङ्ग्रह भारतको प्रतिष्ठित प्रकाशन गृह राजकमल प्रकाशनले प्रकाशित गरेको छ | यसैगरी कुनैपनि नेपाली साहित्यको कृति पहिलो पटक राजकमल प्रकाशनले प्रकाशित गरेको हो |
अनुवादक डा. गंगाप्रसाद अकेला रहेका यस सङ्ग्रहमा कूल ५६ कविता रहेका छन् | यसमा हर्कवहादुर, विवाह, चेतना की पीड़ा ,बड़े आदमी से छोटा प्रश्न, सिपाही, औसत आदमी,खुसी,गॉव की एक कविता, विकान्मुख देश का आदमी लगायत शीर्षकका कविताहरु संग्रहित छन ।
राज कमल प्रकाशनले विश्व पुस्तक मेलाको अवसर पारेर सो सङ्ग्रह प्रकाशित गर्दै नयाँ दिल्लीमा हुँदै गरेको प्रदर्शनीमा राखिएको छ |
दिनेश अधिकारीलाई बधाई तथा शुभकामना |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |