हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नर्थ क्यारोलाइनामा एक हातको तालीको चिरफार ,(खसखस डट कम)

हरेक महिनाको अन्ततिर नर्थ क्यारोलाइना नेपाली साहित्य समाजद्धारा आयोजना गरिने २०१७ को तेस्रो महिना अर्थात मार्च महिनाको कविता गोष्ठी संस्थाका सदस्य दिपेन्द्र अर्यालको निवासमा सम्पन्न भयो । एक्र कार्यक्रमको पहिलो सत्रमा साहित्यकार मदनमणी दिक्षित र वहांले साहित्यमा दिएको योगदानको बारेमा चर्चा परिचर्चा भयो । संस्थाका सदस्य दिपेन्द्र अर्यालले वहांको बारेमा खोजमुलक प्रस्तुती गर्नुको साथै उपस्थित सबैले आफूले चिनेको मदनमणी दिक्षितको बारेमा बताउनु भयो ।

र वहाँको साहित्यमाथि दिपेन्द्र अर्याल हरेक तीन महिनामा छलफल हुने साहित्यकार र साहित्यीक कृति यसपाली

लेखक तथा पाठकहरु क्रमशः बटु शर्मा, पुजा शर्मा, ईश्वर देबकोटा, कमला देबकोटा, सुनिल ढुंगेल, सुजाता ढुंगेल, सुस्मा प्रधान, मनोज प्रधान, बिक्रम गौतम, उषा गौतम, लेखनाथ दुलाल, राजेश्वरी दुलाल, ऋषि बस्ताकोटी, कल्पना बस्ताकोटी, सुवास ढकाल, सिजा ढकाल, दिपेन्द्र अर्याल, सान्त्वना अर्याल, हरिहर भट्टराइ, सुनिता भट्टराइ, शिशिर खनाल, निर्मला राजभण्डारी र नम्रता गुरागाईको उपस्थिति रहेको उक्त कार्यक्रमको पहिलो सत्रमा साहित्यकार तथा संस्कृतिबिद्घ आदरणीय सत्यमोहन जोशीले नेपाली साहित्य तथा संस्कृतिमा दिएको योगदानको बारेमा चर्चा परिचर्चा भयो । संस्थाका अध्यक्षले वहांको बारेमा खोजमुलक प्रस्तुती गर्नुको साथै उपस्थित सबैले आफूले चिनेको सत्यमोहन जोशीको बारेमा बताउनु भयो |

कार्यक्रमको दोस्रो सत्रमा सहभागी कविहरु क्रमशः लेखनाथ दुलाल, सुजाता ढुंगेल, बिक्रम गौतम, इश्वर देवकोटा, मनोज प्रधान, दिपेन्द्र अर्याल, सुवास ढकाल, निर्मला राजभण्डारी र नम्रता गुरागाईंबाट आ आफना कविताहरु वचन भएको थियो । ह्रेक तीन महिनामा छलफल गरिने साहित्यकार र कृतिमा यसपाली २०६५ का लागि निबन्ध संग्रहलागि मदन पुस्कार बिजेता युवराज नयांघरे र वहांको कृति एक हातको तालीमाथि छलफल हुनुका साथै पाठकहरुका जिज्ञासामाथि स्वम नयांघरे आफैले फोन मार्फत प्रकाश पारीदिनु भएको थियो । करिब ढेड घण्टा जति लामो फोन कुराकानीमा साहित्यकार नयाँघरेले जुन विषयमा निबन्ध लेखेपनि त्यसको मर्मसम्म पुगेर निबन्धको उठान उडान र बैठानलाइ ध्यान दिए निबन्ध लेख्न त्यति गाह्रो नहुने कुरा बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा शताब्दी पुरुषसँग फोनमा वार्ता समेत भयो । ९८ वर्षका बयोबृद्घ र स्वस्थ साहित्यकारले सँकलन गर्नुभएको लोकगीत आफनै श्वरमा गाएर सुनाउँदा उमेर भन्ने कुरा मात्र दिमागले बनाएको एउटा कमजोर पक्ष रहेछ जसले मान्छेलाइ आफूले गरिरेहेकै कामबाट हात झिक्न लगाउने रहेछ जस्तो लाग्यो । शताब्दीकै अनुभब बोकेका साधा जीवन र सृजनात्मक बिचारका धनी साहित्यकार सत्यमोहन जोशीले उपस्थित हामी सबैलाइ कुनै न कुनै सृजनामा लागिरहने प्रेरणा दिनुभयो । 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |